बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’ बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ।

पुरस्कार छनौट समितिको सोमबार बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय मंगलबार बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो। 

फोनिजले हरेकवर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङ्ला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत गर्ने फोनिजका सचिव मिलन लिम्बूले जानकारी दिए।  

छनौटमा परेका पत्रकारहरुले जनही चालिस हजार हरुपैयाँ राशीको पुरस्कार प्राप्त गर्ने भएका छन्। उक्त पुरस्कार  साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह-२०७५’ कार्यक्रममा प्रदान गरिने भएको छ।

फोनिजको अनुसार उजिर मगरले २०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका हुन्। 
त्यस्तै भैरव आङ्लाले २०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गरेका हुन् । छेटु शेर्पा र बिमला चौधरीले क्रमशः २०६३ र २०६२ सालदेखि पत्रकारीता सुरु गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।