मंगलबार, पुस १, २०८२

कर्णालीमा चुनावमा भाग लिने दलको संख्या कम

अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

जाजरकोट- विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्यासमेत कम देखिएको छ। अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो।

National life

कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन्।

रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए। उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्ने छ।

डोल्पामा महिला मतदाता संख्या ११ हजार ३७९ र पुरुष ११ हजार ६१ रहेको छ। त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या एक लाख ११ हजार ७१८ र पुरुष एक लाख ६३ हजार २५ रहेको छ। रुकुमपश्चिममा महिला ४५ हजार ७९९ र पुरुषको संख्या ४६ हजार ५४७ रहेको छ।

सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८११ र पुरुषको संख्या ७९ हजार ९०४ रहेको छ। मुगुमा महिला १६ हजार ७९५ र पुरुषको संख्या १८ हजार १६७ रहेको छ।

Laxmi sunrise bank
kumari

जाजरकोटमा महिलाको संख्या ४९ हजार नौ, पुरुषको संख्या ५४ हजार ८५८ रहेको छ। त्यस्तै दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ।

कर्णाली प्रदेशभरिको महिला मतदाता संख्या चार लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या चार लाख ५९ हजार ४०१ रहेको छ।

नौ लाख आठ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ। जुम्ला, हुम्ला र कालिकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन। 

प्रकाशित: Apr 15, 2022| 10:10 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।