शनिबार, असार ६, २०८३

म्याजिकको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

रौतहटको गौर-चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा बिहीबार म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

रौतहट- रौतहटको गौर-चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा बिहीबार म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।

National life

डुमरियाबाट चन्द्रनिगाहपुरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको बा४५प २२४३ नम्बरको स्कुटी र साईकलाई ठक्कर दिँदा स्कुटी चालक रौतहट बृन्दावन नगरपालिका ९ भुसाह बस्ने ६० वर्षीय जनहिर पासवानको मृत्यु भएको हो।

स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिकै रहेको एक साईकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।​ 

म्याजिकको ठक्करबाट स्कुटी चालक पासवान र साइकल चालक रौतहट चन्द्रपुर नगरपालिका ८ बैजनाथपुर बस्ने १२ वर्षीय सुवोध चौधरी घाइते भएका थिए।

घाइते दुबै जनालाई स्थानीय वासिन्दा र इलाका प्रहरी कार्यालय डुमरियाको सहयोगमा उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा भर्ना गरिएको थियो। 

Shivam cement

उपचारकै क्रममा साझ करिब ७ बजे स्कुटी चालक पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रकाशित: Apr 15, 2022| 08:40 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।