शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २९ वर्षीया युवतीको मृत्युपछि रुपन्देहीमा शुक्रबार दिनभर प्रदर्शन

२९ वर्षीया युवतीको मृत्युपछि रुपन्देहीमा शुक्रबार दिनभर प्रदर्शन

रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्युको विषयलाई लिएर माइतीपक्षले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्युको विषयलाई लिएर माइतीपक्षले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्। 

National life

तिलोत्तमा-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री)ले विष सेवन गरेपछि उपचारका लागि अस्पतालका क्रममा  बुधबार राती १० बजे मृत्यु भएको थियो। 

विष सेवन गरेपछि उपचारका लागि अमृताका श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगेका थिए। तर,अस्पताल नपुग्दै मृत्यु भएको  र अस्पतालले तुरुन्तै मृत घोषणा गरेको थियो।

मृतक अमृताको मृत्यु नभई हत्या भएको भन्दै माईतीपक्षले बिहीबार दिनभर प्रदर्शन गरेका हुन्। बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक-पटक फोन गरेर घरमा बोलाएको र त्यसको  एक घण्टा नबित्दै मृत्यु भएकाले घटना रहस्यमय रहेको माईतीपक्षको आरोप छ। 

परिवारकै सदस्यले हत्या गरेर विष सेवन गरेको बहाना बनाएर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको मृतककी आमा सावित्री खत्रीले बताइन्। बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै बसेको माईतीको भनाई छ।

Shivam cement

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो। पटक-पटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको माईतीको भनाई छ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका हुन्। यता प्रहरीले भने मृतकका श्रीमान्, सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुने बताए। मृतक अमृताको ५ वर्षका छोरा छन्।

प्रकाशित: Apr 15, 2022| 08:16 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।