शनिबार, असार ६, २०८३

परम्परागत पोसाकको संरक्षणमा जोड

पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ। 

National life

नेपाली पोसाकको संरक्षणमा आवाज उठाउँदै आएको नेपाल संस्कृति संरक्षण समाजले विगत केही वर्ष अघिदेखि गुन्युचोलीको संरक्षण, सम्बर्धन र प्रयोगमा निरन्तर जोड दिँदै आएको छ। 

यसैबिच शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजित ‘समपरिधानको महत्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार-गोष्ठीमा राष्ट्रिय महत्वका कार्यक्रमहरुमा परम्परागत नेपाली पोसाकको पहिरनलाई अनिवार्य गरिनुपर्ने वक्ताहरुले औंल्याएका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा सम्पन्न विचार–गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्यायलगायतले परम्परागत पोसाकको संरक्षण र पहिरनलाई जोगाउन सार्वजनिक समारोहमा नेपाली पोसाक अनिवार्य गराउनेतर्फ सबैले आवाज उठाउनुपर्ने बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. लोकनाथ दुलालले समपरिधानको महत्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्थाका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने प्रा. डा. सावित्री मल्ल कक्षपती र प्रा. डा. मदन कुमार रिमालले अवधारणापत्रमाथि टिप्पणी गरेका थिए।

Shivam cement

हरेक वर्षको बैशाख १ गते नेपाली पोशाकको संरक्षण र प्रवर्धन सम्बन्धि नियमित कार्यक्रम गर्दै आएको नेपाल संस्कृति संरक्षण समाजका अध्यक्ष लक्ष्मी ओझा भद्राले विचार गोष्ठी आयोजनाको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रममा नेपाल संस्कृति संरक्षण समाजद्वारा प्रकाशित ‘गुन्युचोली’ र राधा कार्कीद्वारा लिखित ‘शाश्वत आकृति’ नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो।

प्रकाशित: Apr 15, 2022| 07:49 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।