बुधबार, चैत ४, २०८२

प्रोटिनको अधिक सेवन स्वास्थ्यका लागि किन हानिकारक?

अण्डालाई यस पोषक तत्वको सबैभन्दा राम्रो र सजिलै उपलब्ध हुने स्रोत मानिन्छ। एक सय ग्राम अण्डाबाट औसत १३ ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- शरीरलाई बलियो बनाउन र मांसपेशीको राम्रो विकासका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यक पर्छ। त्यसका लागि प्रोटिनको प्रयाप्त सेवन आवश्यक हुन्छ। अण्डालाई प्रोटिनको सबैभन्दा राम्रो र सजिलो स्रोत मानिन्छ। एक सय ग्राम अण्डाबाट औसत १३ ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ।

National life

अर्कोतर्फ, स्वास्थ्य विज्ञका अनुसार वयस्क पुरुषलाई प्रतिदिन करिब ५६ ग्राम र महिलालाई ४६ ग्राम प्रोटिन चाहिन्छ। अर्थात् दैनिक चारवटा अण्डा अन्य चीजहरूसँगै खाएमा शरीरको यो आवश्यकता सजिलै पूरा गर्न सकिन्छ।

शरीरलाई निश्चित मात्रामा मात्रै पोषक तत्व चाहिन्छ। योभन्दा बढी राम्ररी पचाउन नसक्दा कलेजो र मिर्गौलालाई अतिरिक्त काम गर्न सक्छ। 

कोलेस्ट्रोलको समस्या

सीमित मात्रामा अण्डा खानु फाइदाजनक भए पनि यसको अत्याधिक सेवनले धेरै गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेषगरी अण्डा बढी मात्रामा खाने मानिसमा कोलेस्ट्रोलको मात्रा बढ्ने खतरा हुन्छ।

Laxmi sunrise bank
kumari

एउटा ठूलो अन्डामा औसत १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ। विज्ञले दिनमा ३०० मिलिग्रामभन्दा बढी कोलेस्ट्रोल नखाने सल्लाह दिन्छन्। यस्तो अवस्थामा दैनिक दुईवटा अण्डा खानु स्वस्थ शरीरका लागि पर्याप्त हुन्छ।

पेट फुल्ने समस्या

धेरै मात्रामा अण्डा खाने बानीले तपाईंको पेटको समस्या बढाउन सक्छ। धेरै अण्डा खाने मानिसमा कब्जियत र पेट फुल्ने समस्या हुन सक्छ। एक निश्चित मात्राभन्दा बढी प्रोटिन र कोलेस्ट्रोल राम्ररी पच्दैन। जसका कारण तपाईंलाई पेटका धेरै गम्भीर समस्या हुने खतरा हुन्छ। 

मधुमेहका बिरामीमा असर

अण्डा मधुमेह रोगीहरुलाई प्रोटिन धेरै सेवनले रगतमा चिनीको स्तर बढाउन सक्छ। अण्डामा फ्याटको मात्रा धेरै हुन्छ।

जसले अत्यधिक सेवन गर्दा रगतमा चिनीको मात्रामा प्रतिकूल असर पार्न सक्छ। धेरै अण्डा खाँदा इन्सुलिन रेसिस्टेन्सको समस्या बढ्छ जसले गर्दा तपाईको स्वास्थ्यमा समस्या आउन सक्छ। 

छाला सम्बन्धि समस्या

अण्डा बढी मात्रामा खाँदा छालासँग सम्बन्धित धेरै समस्या हुन सक्छ। अण्डामा प्रोजेस्टेरोन पाइन्छ।

यसको अत्यधिक सेवनले शरीरमा प्रोजेस्टेरोन हर्मोनको जोखिम बढाउन सक्छ। जसका कारण तपाईलाई फोका वा एलर्जी जस्ता समस्या आउन सक्छ। अमरउजालाबाट

प्रकाशित: Apr 15, 2022| 07:09 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्