मंगलबार, साउन २६, २०८३

दाजुभाइको झगडा मिलाउन गएका बाबुको हत्या

अंशका विषयमा विवाद हुँदा वासुदेवले बुबा, आमा र भाइ तीर्थराजसँग विवाद भएको थियो। जयबहादुरले छोरीलाई जग्गा बेचेका थिए। सोही विषयमा विवाद भएको पाइएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

बेलबारी- मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले बुवाको हत्या गरेका छन्। ३१ वर्षीय वासुदेव कार्कीले बिहीवार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन्। 

अंशका विषयमा विवाद हुँदा वासुदेवले बुबा, आमा र भाइ तीर्थराजसँग विवाद भएको थियो। जयबहादुरले छोरीलाई जग्गा बेचेका थिए। सोही विषयमा विवाद भएको पाइएको प्रहरीले जनाएको छ। 

त्यही विषयमा वासुदेव र भाइ तीर्थराजबीच झगडा भएको थियो। झगडा मिलाउन जयबहादुरलाई वासुदेवले आँगनको ढुंगामा पछारेका थिए। यो घटना दिउँसो साढे १२  तिरको हो। 

यसपछि गम्भीर घाइते जयबहादुरलाई उपचारका लागि विराटनगर अस्पतालमा लगिएको थियो। अस्पतालमा ल्याउने चिकित्सकले मृत घोषणा गरेका थिए। 

बुवाको हत्यामा संलग्न वासुदेवलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ। 


प्रकाशित: Apr 14, 2022| 21:40 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।