मुम्बई- बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टले लगनगाँठो कसेका छन्। बिहीबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र निकटहरूलाई बोलाएर उनीहरूको विवाह समारोह सम्पन्न भएको हो।
हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो। विवाह समारोहमा ऋषि कपुरको भव्य तस्बिर राखिएको थियो। भौतिक शरीरमा नरहेका ऋषि रणवीरका पिता हुन्। सन् २०२० को अप्रिल महिनामा ऋषिको देहान्त भएको थियो।
समारोहमा बलिवुडका कलाकारहरूको बाक्लो उपस्थिति थियो।