काठमाडौं- रातको समयमा फिल्म हल सञ्चालन गरेको भन्दै चलचित्र विकास बोर्डले कारबाहीको तयारी गरेको छ। दक्षिण भारतीय चलचित्र केजीएफ-२ लाई वैशाख १ गते राति चलाइएपछि बोर्ड आक्रोशित भएको हो।
केएल टावरमा रहेको एफ क्यूबले राति वैशाख १ गते बिहानको राती १ बजे नै फिल्म चलाएको थियो। सिटी सेन्टरमा रहेको विग मुभिजले पनि राति तीन बजे फिल्म देखाएका थिए।
'अड हावर' (नियमितभन्दा फरक समय) मा सिनेमा चलाउन बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ। तर बोर्डको अनुमति नलिएको भन्दै बोर्डले कारबाही प्रक्रिया अघि बढाएको हो।
बोर्डका अध्यक्ष दयाराम दाहालले अनियमित समयमा फिल्म चलाउन नपाइने उल्लेख गरे। नियम उल्लंघन गरेको प्रमाणित भएको कारबाही गरिने उनको भनाइ छ।