मंगलबार, जेठ ८, २०८१

जिकाको प्रकोप फैलन सक्ने वैज्ञानिकहरूको चेतावनी

जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

बीबीसी

बीबीसी

शुक्रबार, वैशाख २, २०७९

जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्। 

triton college

यस रोगले सन् २०१६ मा विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको थियो। सन् २०१६ मा फैलिएको उक्त भायरसका कारण कयौँ संक्रमित गर्भवती महिलाले मष्तिस्कमा समस्या भएका शिशुलाई जन्म दिएका थिए।

अमेरिकी वैज्ञानिकहरुले  विश्वले जिकाको अर्को ‘म्युटेसन’का लागि तयारी गर्नुपर्ने बताएका छन्। 'सेल रिपोर्ट्स' जर्नलमा छापिएको विवरण अनुसार यस भाइरसले सजिलै भेरियन्टको सिर्जना गर्न सक्छ।

गर्भवती महिलालाई जिकाको संक्रमण भए जन्मने बच्चाको टाउको सानो हुन्छ। यसले मष्तिस्कमा क्षतिसमेत पुर्‍याउने देखिएको छ।

जिकाको संक्रमणबारे गरिएको अनुसन्धानले यसका लागि ‘तयार’ भनिएका देशहरुमा पनि नराम्रो प्रभाव पार्न सक्ने ला जोल्ला ईन्टिच्युट फर ईम्म्युनोलोजिका अनुसन्धानकर्ताको टोलीको दाबी छ। 

आकार परिवर्तन हुने भाइरस

corrent noodles
Metro Mart

जिकाको संक्रमण 'ऐड्स' प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गरेको छ। यी लामखुट्टे क्यानडा र चिलीबाहेक अमेरिका र एसियाका अधिकांश देशहरुमा पाइन्छ। धेरैजसो घातक असर नदेखाउने यस भाइरसले गर्भमा रहेका बच्चालाई भने नराम्रो असर पुर्‍याउँछ।

गर्भवती महिलालाई जिकाको संक्रमण भए जन्मने बच्चाको टाउको सानो हुन्छ। यसले मष्तिस्कमा क्षतिसमेत पुर्‍याउने देखिएको छ।

जिकाबारे थप जानकारी

१. सामान्यतया, लामखुट्टेको टोकाईबाट सर्ने यो रोग असुरक्षित यौन सम्पर्कबाट पनि सर्ने गरेको पाइएको छ।

२. यसबाट वयस्कको ज्यान जाने जोखिम न्युन हुन्छ। संक्रमित ५ जनामा १ जनालाई मात्र लक्षण देखा पर्छन्। 

३. ज्वरो आउनु, शरीरमा विमिरा, घाउ देखिनु, जोर्नी दुख्नु आदि यसका मुख्य लक्षण हुन्।

४. यसको कुनै उपचार छैन।

५. गर्भवति महिलाका लागि जिकाका विरुद्ध खोप तयार गर्न वैज्ञानिक लागी परेका छन्।

अनुसन्धानकर्ताहरुले लामखुट्टेबाट सरेको जिका फेरि लामखुट्टेसम्म पुगे के हुन्छ भनेर अनुसन्धान गरेका थिए। यस भाइरसलाई लामखुट्टेबाट मुसामा सार्दा केही वंशाणुगत परिवर्तन देखा परेका थिए। यसले जिकाको म्युटेसन सजिलै हुनसक्ने कुरा पुष्टि गरेको छ।

'यी नतिजाहरु प्रयोगशालामा गरिएका जाँचबाट मात्र आएका भए पनि यिनले भाइरसको संक्रमण क्षमता चिन्तायोग्य नै भएको खुलासा गरेको छ। यसले हामीलाई यस्ता विभिन्न भाइरसहरुमा नियमित निगरानी राख्न आवश्यक रहेको पाठ पनि सिकाएको छ।'

'हामीले पत्ता लाएको जिकाको भेरियन्ट यतिसम्म विकसित भएको छ कि पहिला लामखुट्टेबाट रोग नसर्ने जनावरहरुलाई समेत यसले प्रभाव पारेको छ,' प्रमुख अनुसन्धानकर्ता प्राध्यापक सुजन श्रेष्ठले भने, 'दुर्भाग्यवश, यो भेरियन्ट फैलियो भने यसले हामीलाई यसले वास्तविक जीवनमा पनि उत्तिकै समस्या खडा गर्ने छ।'

नोटिङ्हम विश्वविद्यालयका भाइरससम्बन्धी विशेषज्ञ प्राध्यापक जोनाथन बलले यय  विषयमा बीबीसीसँगको संवादमा भने, 'हामी हालसालै जिकाको भेरियन्टको द्रुत विकासबारे सुनेका छौँ। तर यो आकार परिवर्तन भनेको ज्यादातर भाइरसहरुले देखाउने साझा विशेषता हो।'

'यस अनुसन्धानले वंशाणुमा आउने सानो परिवर्तने पनि कसरी भाइरसले सिर्जना गर्ने रोगका प्रभावमा परिवर्तन ल्याउनसक्छ भनेर प्रष्ट्याएको छ, तर यस्तो परिवर्तन देखाउने भाइरसहरुले खासै प्रकोप निम्त्याएको पाइएको छैन। यो चाखलाग्दो कुरालाई गहिरो अनुसन्धानको आवश्यकता भने अवश्य छ।'

सोसायटी फर अप्लाईड माइक्रोबायोलोजीकी डाक्टर क्लेयर टेलर भनेका छन्, 'यी नतिजाहरु प्रयोगशालामा गरिएका जाँचबाट मात्र आएका भए पनि यिनले भाइरसको संक्रमण क्षमता चिन्तायोग्य नै भएको खुलासा गरेको छ। यसले हामीलाई यस्ता विभिन्न भाइरसहरुमा नियमित निगरानी राख्न आवश्यक रहेको पाठ पनि सिकाएको छ।'

उनले भविष्यमा कुन भेरियन्टको कस्तो असर देखाउने अनि त्यसको रोकाथाममा कदम चाल्न पनि सहयोग पुर्याउन सक्ने कुरा समेत जोडिन्।

कोभिड जस्तै जिकाका पुराना भेरियन्टले पनि नयाँ भेरियन्टका विरुद्ध लड्ने आधार प्रदान गर्ने कुरा पूर्वी आङ्लिया विश्वविद्यालयका ‘मेडिसिन’का प्राध्यापक पल हन्टरले बताए।

प्रकाशित: Apr 15, 2022| 07:37 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्