मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीको पोस्टरमा फोटो छापिएपछि आयोगले कुलमानलाई सोध्यो स्पष्टीकरण

माओवादीको पोस्टरमा फोटो छापिएपछि आयोगले कुलमानलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीसँग स्पष्टीकरण सोधिएको आयोग स्रोतले जानकारी दिएको हो।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीसँग स्पष्टीकरण सोधिएको आयोग स्रोतले जानकारी दिएको हो। 

नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो। उक्त सामग्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को फेसबुक पेजमा सार्वजनिक गरिएको थियो। स्पष्टीकरण पेस गर्न कुलमानलाई ७ दिनको समय दिइएको छ। 

उता प्रचण्डले कुलमानको फोटो हटाएर आफ्नो मात्र फोटो राखेका छन्। आफ्नो फोटो प्रचण्डको निर्वाचन सामग्रीमा परेपछि आफ्नो सहमति नभएको कुलमानले बताएका थिए। 

आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ। उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेस गरेको बताएका थिए। 

प्रकाशित: Apr 14, 2022| 19:42 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।