बुधबार, असार ३१, २०८३

आलोचनामा समय नखर्चन ओलीलाई पौडेलको सुझाव 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सन्धीखर्क-नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नो अमूल्य समय विपक्षी पार्टीहरुको आलोचनामा नखर्चन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन्। 

पार्टी जिल्ला कार्य समिति अर्घखाँचीले बुधबार आयोजना गरेको विरोध सभामा केन्द्रीय सदस्य पौडेलले विपक्षी पार्टीहरुको आलोचनामा सबै समय खर्चेर कसरी समृद्ध नेपाल बन्छ भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गरे।

'प्रधानमन्त्री ओली राति दुई बजेसम्म नसुती समृद्ध नेपाल बनाउने योजना बनाउनु हुँदैन, उहाँ त भोली कांग्रेसलाई कुन उखान टुक्काले घोचपोच गर्न सकिन्छ भनेर अनिदो बस्नु हुँदो रहेछ' पौडेलले भने 'नेपाली कांग्रेसले अहिले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह नगर्ने हो भने देशमा अधिनायकवाद हावी हुन्छ।'

पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु नै रुष्ट भएको दाबी गरे। 'हामीले सरकारलाई निर्धक्क सय दिनसम्म काम गर्ने वातावरण दिएका थियौं, तर त्यस अवधिमा सरकारले प्रतिपक्षीलाई त के सत्तापक्षका कार्यकर्तालाई नै खुशी बनाउने काम गर्न सकेन' पौडेलले भने। 

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त हक खोस्ने, विश्वविद्यालयका प्राध्यापकलाई छापामार शैलीमा विमानस्थलबाटै पक्राउ गर्ने, चिकित्सकलाई  अस्पतालबाटै अपहरण गर्ने, प्रश्न सोधेकै भरमा पत्रकारको जागिर खोस्ने, निषेधित क्षेत्र तोक्ने जस्ता काम गरेर वर्तमान सरकारले अधिनायकवादी चरित्र उदाङगो पारेको पौडेलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।