काठमाडौं- अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
अमेरिकाका लागि नवनियुक्त राजदूत खत्री र एमसीसी उपाध्यक्ष सुमारबीच वाशिङ्टन डीसीमा पहिलो भेटवार्ता भएको हो। भेटबारे जानकारी गराउँदै एमसीसी उपाध्यक्ष सुमारले राजदूत खत्रीसँग भेट्दा खसी लागेको बताएकी छन्।
उनले भनेकी छन्, 'वसन्त ऋतुको यो सुन्दर दिनमा राजदूत खत्रीसँग डीसीमा सौहार्दपूर्ण भेट भयो र एमसीसीका विषयमा आगामी दिनमा हुने सहकार्यका विषयमा पनि छलफल भएको छ।'
उनले एमसीसीका आगामी वर्ष एमसीसीका लागि व्यस्त वर्ष हुनेसमेत उल्लेख गरेकी छन्। खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १५ गते राजदूत नियुक्त गरेकी थिइन्। सुमार यसअघि एमसीसीको संसदीय अनुमोदन गराउन आग्रह गर्दै नेपाल आएकी थिइन्।