बुधबार, कात्तिक ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वाशिङ्टनमा राजदूत खत्री र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

वाशिङ्टनमा राजदूत खत्री र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। 

अमेरिकाका लागि नवनियुक्त राजदूत खत्री र एमसीसी उपाध्यक्ष सुमारबीच वाशिङ्टन डीसीमा पहिलो भेटवार्ता भएको हो। भेटबारे जानकारी गराउँदै एमसीसी उपाध्यक्ष सुमारले राजदूत खत्रीसँग भेट्दा खसी लागेको बताएकी छन्। 

उनले भनेकी छन्, 'वसन्त ऋतुको यो सुन्दर दिनमा राजदूत खत्रीसँग डीसीमा सौहार्दपूर्ण भेट भयो र एमसीसीका विषयमा आगामी दिनमा हुने सहकार्यका विषयमा पनि छलफल भएको छ।'

उनले एमसीसीका आगामी वर्ष एमसीसीका लागि व्यस्त वर्ष हुनेसमेत उल्लेख गरेकी छन्। खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १५ गते राजदूत नियुक्त गरेकी थिइन्। सुमार यसअघि एमसीसीको संसदीय अनुमोदन गराउन आग्रह गर्दै नेपाल आएकी थिइन्। 

प्रकाशित: Apr 14, 2022| 16:54 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।