आइतबार, जेठ ६, २०८१

धुरी चढेर मझेरी झर्‍यो कोरोना

अस्पतालमा न त सहज रुपमा बेड पाउने सम्भावना थियो न त अक्सिजन नै। बिरामीलाई अस्पतालको बेडमा छोडेर आफन्त अक्सिजनको खोजीमा दौडिन्थे, घण्टौंपछि अक्सिजनको जाहो गरेर फर्किएका आफन्तले बिरामीको सास भेट्न नपाएका घटना धेरै देखियो। फार्मेसीहरुमा पनि सहज औषधि पाउन सक्ने अवस्था थिएन।
 |  बिहीबार, वैशाख १, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- वर्ष २०७६ सालको अन्त्यमा सुरु भएको कोरोना महामारीको असर २०७८ मा रह्यो। २०७८ को सुरुतिरबाट नै आक्रान्त पारेको कोरोना महामारीले सुरुका ६ महिनामा बढी चुनौती खडा गरेको थियो। कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहर बढी घातक भयो। दोस्रो लहरमा डेल्टा भेरियन्टका कारण स्वास्थ्य सेवा प्रवाह गर्ने पूर्वाधार र जनशक्तिमा चाप पर्‍यो।

triton college

महामारीका तीन लहरमध्ये सबैभन्दा धेरै मानवीय क्षति दोस्रो लहरमा भयो। यसको साक्षी वर्ष २०७८ बन्नुपर्‍यो। पहिलो लहरमा निश्चित समुदायमा मात्र पुगेको कोरोना दोस्रो लहरमा समुदाय-समुदायमा पुग्यो। सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा नै लागू गरेको थियो। 

छिमेकी मुलकु भारतमा डेल्टा संक्रमण देखिएको केही दिनपछि नेपालमा यसको संक्रमणले भयावह रूप लिएको थियो। भारतमा पनि डेल्टाले ठूलो क्षति पुर्‍याएको थियो। दोस्रो लहरमा संक्रमितलाई व्यवस्थापन गर्न कठिन भएको थियो। सिमानाकामा क्वारेन्टिन नबन्दा, नाकाबाट प्रवेश गर्नेलाई उचित व्यवस्थापन गर्न नसक्दा संक्रमण दर थप फैलिएको थियो। 

गत बैशाख तेस्रो सातादेखि जेठको पहिलो सातासम्म नेपालका लागि डेल्टा भेरियन्ट घातक बन्यो। आइसियू र भेन्टिलेटरमा छट्पटाइरहेका संक्रमित बिरामी र अक्सिजनको अभावमा भौंतारिएका आफन्तका पीडा कहालीलाग्दा थिए। दैनिक १० हजार भन्दा बढी संक्रमित थपिएका थिए भने एकै दिन २५५ जनाको मृत्युको कारण कोरोना भएको थियो। वैशाख २८ गते नेपालमा एकै दिन २२५ जनाको मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युको तथ्यांकमध्येमा यो सबैभन्दा उच्च हो। दोस्रो लहरको पिक अवस्थामा एक सातामा १४ सयभन्दा धेरैको मृत्यु भएको थियो।

अस्पतालमा न त सहज रुपमा बेड पाउने सम्भावना थियो न त अक्सिजन नै। बिरामीलाई अस्पतालको बेडमा छोडेर आफन्त अक्सिजनको खोजीमा दौडिन्थे, घण्टौंपछि अक्सिजनको जाहो गरेर फर्किएका आफन्तले बिरामीको सास भेट्न नपाएका घटना धेरै देखियो। फार्मेसीहरुमा पनि सहज औषधि पाउन सक्ने अवस्था थिएन।

कोरोनाको दोस्रो लहरमा देशका अस्पताल संक्रमितले भरिएका थिए। अस्पतालका आइसियू, भेन्टिलेटर भरिएपछि काठमाडौं उपत्यका र उपत्यका बाहिरका केही मुख्य अस्पतालका प्रांगणमा राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। अस्पतालमा न त सहज रुपमा बेड पाउने सम्भावना थियो न त अक्सिजन नै। बिरामीलाई अस्पतालको बेडमा छोडेर आफन्त अक्सिजनको खोजीमा दौडिन्थे, घण्टौंपछि अक्सिजनको जाहो गरेर फर्किएका आफन्तले बिरामीको सास भेट्न नपाएका घटना धेरै देखियो। फार्मेसीहरुमा पनि सहज औषधि पाउन सक्ने अवस्था थिएन। अक्सिजन पाउन सकस भइरहेको समयमा सरकारले उल्टै ‘स्वास्थ्य मन्त्रालयको सिफारिस बिना अक्सिजन भर्न नपाइने’ भन्दै सूचना निकाल्यो। त्यसले जनतालाई झनै आतंकित बनायो। कोरोना महामारी नियन्त्रणसम्बन्धी बनाइएको सीसीएमसी र त्यसको नेतृत्व गरिरहेका मन्त्री ईश्वर पोखरेलको आलोचना भयो। 

corrent noodles
Metro Mart

पहिलो लहरमा जेष्ठ नागरिक र दिर्घरोगीहरुको मृत्यु भएपनि दोस्रो लहरमा भने बालबालिकासहित युवा र वृद्धवृद्धासहित सबै वर्गका मानिसको मृत्युको कारक बन्यो कोरोना। दुई महिनासम्म उतारचढावको अवस्थामा रहेको संक्रमणदर भदौको अन्तिमबाट विस्तारै घट्न सुरु भयो।  

त्यसपछि मानिस विस्तारै सामान्य जीवनमा फर्कँदै थिए, फेरि कोरोना महामारीको तेस्रो लहर सुरु भयो। पुस २० देखि कोरोना संक्रमण दर फेरि बढ्न थालेको थियो। तेस्रो लहरको कारक ओमिक्रोन भेरियन्टले संक्रमण बढी फैलायो। तेस्रो लहरमा दैनिक १० हजार भन्दा कोरोना संक्रमित भेटिए पनि अस्प्तालमा भर्ना हुनेको संख्या कम थियो। त्यतिबेलासम्म कोरोनाविरद्धको खोप सहजै लगाउन थालिएको थियो। त्यसैले पनि अस्पतलामा भर्ना हुने संक्रमितको संख्या कम भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन बताउँछन्। उनले ओमिक्रोनको संक्रमण दर बिजुली गतिमा हुने भएपनि यसबाट पहिलेको क्षति नहुने अनुमान गरेका थिए। तेस्रो लहरमा उनको अनुमान धेरै हदसम्म मिल्न पनि पुगेको थियो। 

sher bahadur pun
शेरबहादुर पुन।

नेपालमा यतिबेला कोरोना संक्रमणदर परीक्षणको ५ प्रतिशतभन्दा कममा झरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणदर ५ प्रतिशत भन्दा कम हुनु नियन्त्रण उन्मुखको चरण हो। नियन्त्रणउन्मुख भएपनि सरकारले खोप खरिदबाहेक अन्य प्रभावकारी कार्य गर्न नसकेको विज्ञले बताउने गरेका छन्। 

कोभिड महामारीको समयमा सरकारले खोप खरिदलाई प्राथमिकतामा राखेको थियो। असार २९ गते प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै शेरबहादुर देउवाले खोपमा जोड दिने बताएका थिए। उनले चैतभरमा सबैलाई खोप पुर्‍याउने 'महत्त्वाकांक्षी' लक्ष्य लिएका थिए।  सरकारको प्राथमिकताबारे उनले भनेका थिए, 'खोप! खोप!! खोप!!!'

जनस्वास्थ्यविज्ञ शरद वन्तका अनुसार महामारी कहिल्यै पनि स्थायी रुपमा बस्दैन। 'महामारीको आफ्नै समय हुन्छ। तर यसले कति क्षति पुर्‍यायो भन्ने महत्वपूर्ण कुरा हो। कोरोना महामारी आफ्नै सुरुमा आयो गयो। क्षति न्यूनीकरणका लागि सरकारले गरेको प्रयास प्रभावकारी भएकै कारणले हामीले यसलाई नियन्त्रण गर्न ठूलो सफलता प्राप्त गरेको भन्न चाहिँ मिल्दैन,' उनको तर्क छ, 'सरकारले महामारी नियन्त्रणको केही तयारी गरेको हो। नीति रणनीति, कार्यक्रम बने। तर त्यसलाई व्यवहारिक रुपमा उतार्न कमजोरी देखियो। समन्वयको अभाव देखियो। संघदेखि प्रदेश, प्रदेशदेखि पालिका तहसम्म पनि समन्वय कम देखियो। संघमै पनि एक अर्को मन्त्रालयबीच समन्वय हुन सकेन, यो मुख्य कमजोरी बन्यो।’

प्रकाशित: Apr 14, 2022| 14:55 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्