मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धामीले गाउँमा नबस्न भनेपछि हायू परिवारले छाडेको थियो सिन्धुली

धामीले गाउँमा नबस्न भनेपछि हायू परिवारले छाडेको थियो सिन्धुली

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

गण्डकी- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

National life

उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए।

उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए।

“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ।”

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए। उनीहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
 

kumari

प्रकाशित: Jul 29, 2025| 08:39 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्