आइतबार, असार ७, २०८३

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

कलैया- भरुवा बन्दुक पड्किर गएराति बारामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ। 

National life

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई  मगर घाइते भएका थिए।

उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताए। उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी आज बिहान  स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेको प्रहरीले जनाएको छ। 

पूर्व–पश्चिम लोक राजमार्ग सडकखण्डको आधाभार जङ्गलमा सिमराबाट हेटौँडातर्फ जाँदै गरेको बा१९च ४३७७ नंको स्कर्पियो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। अन्य १३ जनामध्ये एक जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेको र उनीहरुको वीरगञ्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।

Shivam cement

प्रकाशित: Apr 14, 2022| 14:17 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।