मंगलबार, साउन २६, २०८३

तिलोत्तमामा महिलाको शंकास्पद मृत्यु

रुपन्देहीको तिलोत्तमा-२ भेटनरी लाइनमा एन महिलाको शंकास्पद मृत्यु भएको छ। तिलोत्तमा-२ जानकी नगरकी २९ वर्षीय अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा-२ भेटनरी लाइनमा एन महिलाको शंकास्पद मृत्यु भएको छ। तिलोत्तमा-२ जानकी नगरकी २९ वर्षीय अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो। 

बुधबार जानकी नगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक-पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ।

परिवारका सदस्यले अमृतालाई हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइतीको आरोप छ। अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले हत्या नै भएको भाइती पक्षले दाबी गरेको छ।

‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊन भए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो,’ भाइतीले भने। मृत महिलाले घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाईलाई म्यासेज गरेको माइती पक्षले जनाएको छ। दश नबज्दै उनको मृत्यु भएको खबर आएको थियो।

अमृताको सात वर्ष अघि प्रेम विवाह भएको थियो। उनलाई श्रीमान्, सासु र ससुराले यातना दिँदै आएको बुझिएको छ।

प्रकाशित: Apr 14, 2022| 13:09 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।