नेपालगन्ज- नेपालगन्जमा तीन जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनापछि मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन्। आफन्तले बिहीबार बीपी चोकमा विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका हुन्।
गत चैत २७ गते राति नेपालगन्जस्थित नेपाल एयरलाइन्सको कार्यालयअगाडि तीव्र गतिमा गुडिरहेको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्बरबाट तीन जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा दुई नाबालकसहित एक बृद्धा रहेकी छन्।
गाडीको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ६५वर्षीय समिमा इद्रिसी, ५ वर्षीय कासिम र ६ वर्षीय अली अन्सारीको मृत्यु भएको थियो।