आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

म्याग्दी- आज नयाँ वर्ष २०७९ को पहिलो दिन। म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ।

National life

नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन्। मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ।

नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ।

पाहुनाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बिहानैदेखि बाक्लै गुडेका बेनीको प्रवेशनाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ।

बुधबार रातिसम्म बेनीमा भित्रिएका दुई हजार बढी आन्तरिक र बाह्य पर्यटक आज बिहानै मुस्ताङको मुक्तिनाथ र म्याग्दीका पर्यटकीयस्थल टोड्के, भुरुङ तातोपानी, रुप्से झरनालगायत क्षेत्रतर्फ लागेका छन्। 

Shivam cement

त्यसैगरी नयाँ वर्षको पहिलो दिन म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न एक हजारभन्दा बढी पर्यटक बुधबार नै घोडेपानी पुगिसकेका घोडेपानीका होटल व्यवसायीले बताएका छन्। स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ।

घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट अघिल्लो दिनदेखि नै घोडेपानीमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ। घोडेपानीमा बास बसेका पर्यटक अहिले बिहानै पुनहिलतिर उकालो चडिरहेका गर्बुजाले जानकारी दिए।

चितवनको भरतपुर उपमहानगरपालिका–२ क्षेत्रपुरबाट घोडेपानी भ्रमणमा आउनुभएका चिरञ्जीवी पौडेल, रक्षा पौडेलसहित उहाँको समूहका १२ जना युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गर्ने र नयाँ वर्ष यहीँ मनाउने योजना रहेको सुनाए। 

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविकको भन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन्।

चैत अन्तिम सातादेखि म्याग्दीका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए।

पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उनको भनाइ थियो।

प्रकाशित: Apr 14, 2022| 12:18 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।