आइतबार, असार ७, २०८३

१२० किलो गाँजा बरामद

मोरङ प्रहरीले भारतीय सीमा नजिकैबाट १ सय २० किलो गाँजा बरामद गरेको छ। भ्यानमा खानतलासी गर्दा १ सय २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

विराटनगर- मोरङ प्रहरीले भारतीय सीमा नजिकैबाट १ सय २० किलो गाँजा बरामद गरेको छ। भ्यानमा खानतलासी गर्दा १ सय २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

National life

बुधबार राति १० बजे विराटनगर-१८ फोरलाइनस्थित इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीको जाँच स्थलभन्दा करिब सय मिटर अगाडि को१च ५३१८ नम्बरको सेतो रंगको भ्यान रोकी चालक फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निलो त्रिपालले छोपिएको भ्यानको खानतलासी गर्दा तीन सेतो बोरामा प्याकिङ गरिएको उक्त गाँजा, २६ पोकामा ५ सय ५४ किलो अदुवा र ६ पोकामा ४५ किलो धानको भुस बरामद भएको हो। गाँजा र अदुवालाई भुसले छोपेर राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले चालकको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Apr 14, 2022| 11:58 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।