काठमाडौं- बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१, आधाभार जंगलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप १२ जना घाइते छन्।
जीतपुरसिमरा उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाईंको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको हो।
घाइते १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।
आज बिहान करिब पौने ९ बजे सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बा१९च ४३७७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।