मंगलबार, साउन २६, २०८३

बढेको गाडी भाडा आजदेखि लागू

काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागू भएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागू भएको छ।

इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १० देखि १५ प्रतिशतले बढाएपछि वागमती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको थियो।  श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो। वृद्धि भएको भाडा नयाँ वर्ष अर्थात आजबाट लागू गरिएको छ।

आजबाट सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ। काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ। २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ। 

नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ।

सुरुमा ट्याक्सी चढ्दा (फ्ल्याग डाउन) ५० रुपैयाँ कायम गरिएको छ। यसैगरी वाग्मती सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ। प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकेको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ।

रात्रिकालीन ट्याक्सीको भाडादर प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ। मालवाहक सवारीको भाडा १३ प्रतिशतले बढाइएको छ।

प्रकाशित: Apr 14, 2022| 11:33 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।