मंगलबार, साउन २६, २०८३

केहीबेर धुम्मिएको काठमाडौंको मौसम सफा

केहीबेर धुम्मिएको काठमाडौं उपत्यकाको मौसम सफा भएको छ। बिहीबार बिहान हल्का वर्षा भए पनि मौसममा क्रमिक सुधार देखिएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- केहीबेर धुम्मिएको काठमाडौं उपत्यकाको मौसम सफा भएको छ। बिहीबार बिहान हल्का वर्षा भए पनि मौसममा क्रमिक सुधार देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सात बजेपछि दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा बहिरहेको कालो बादलको असरका कारण केहीबेर मौसम धुम्म भएको थियो।

उपत्यकाका केही ठाउँमा हल्का वर्षासमेत भएको थियो। अहिले यो बादलको प्रभाव हटेकाले मौसम सफा भएको महाशाखाले जनाएको छ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पूर्वानुमान गरिएको छ। आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Apr 14, 2022| 09:50 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।