मंगलबार, साउन २६, २०८३

चट्याङ लागेर एकै परिवारका तीन जना घाइते

कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

सल्यान- कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। 

कपुरकोट गाउँपालिका-४ धनवांगस्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र उनका १२ वर्षीय नाती दिनेश थापा घाइते भएका हुन्।

घरमै सुतिरहेको बेला बिहीबार बिहान करिब ३ बजेतिर उनीहरूमाथि चट्याङ परेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चट्याङ लागेर थापाका एउटा गोरु र १४ वटा कुखुरा मरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 14, 2022| 09:30 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।