बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वकेन्द्रीय सदस्य जोशीको निधनमा कांग्रेस कार्यालय बन्द हुने

पूर्वकेन्द्रीय सदस्य जोशीको निधनमा कांग्रेस कार्यालय बन्द हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कृष्णकुमार जोशीको निधनमा पार्टीमा सबै कार्यालय बिहीबार बन्द हुने भएका छन्।

मंगलबार निधन भएका पूर्वकेन्द्रीय सदस्य जोशीप्रति सम्मान प्रकट गर्दै बुधबार बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले बिहीबार सबै पार्टी कार्यालय बन्द तथा १६, १७ र १८ साउनमा पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो। 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीका संस्थापक जिल्ला सभापति कृष्णकुमार जोशीको पार्थिव शरिरलाई श्रद्धञ्जलीको लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।