आइतबार, असार ७, २०८३

दुई दिनमा एक करोडको सामान बरामद

भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

बनियानी- भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

National life

प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो। प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त सामग्री बरामद भएको उनले बताए। 

फेला परेका दुवै गाडी र सामानको रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै प्रहरीले मङ्गलबार राति अवैध सुपारीसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ। बुधबारेबाट काँकडभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको मे१च ४९८० नंको पिकअप भेनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा २९ बोरा सुपारी बरामद भएको थियो। भ्याट बिल नभएको रु पाँच लाख ७० हजार बराबरको सुपारी, पिकअप गाडीको रु १० लाख मूल्याङ्कन गरी आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ।

Shivam cement

यस्तै प्रहरी मङ्गलबार नै रु २० लाख बराबरको अवैध बिस्कुट र भारतीय कन्टेनरको रु २५ लाख मूल्याङ्कन गरेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको थियो।

प्रकाशित: Apr 14, 2022| 08:41 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।