मंगलबार, साउन २६, २०८३

नयाँ वर्षको पहिलो दिन : बिहानैदेखि काठमाडौंमा वर्षा

नयाँ वर्ष २०७९ सालको पहिलो दिन बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- नयाँ वर्ष २०७९ सालको पहिलो दिन बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ। 

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागको एक दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Apr 14, 2022| 07:33 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।