मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारीद्वारा २६२१औं महावीर जयन्तीको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा २६२१औं महावीर जयन्तीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

महावीरले जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ।

सन्देशमार्फत समाजमा विद्यमान अन्धविश्वास, विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं प्रगतिशील समाज निर्माण गर्न महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ। 

सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनुहुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाउने गरिन्छ।

‘महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग–सत्य, अहिंसा, ब्रह्मचर्य, अचौर्य र अपरिग्रहका सिद्धान्त प्रतिपादन गर्नुभयो र स्वयंले यी सिद्धान्तको पालनासमेत गर्नुभयो। उहाँले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुभयो। यसरी महावीरको जीवनमा अभिव्यक्त विचार र व्यवहारको सङ्गमले मानवजीवनलाई सदैव मार्गदर्शन गरिरहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Apr 14, 2022| 07:02 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।