मंगलबार, वैशाख २५, २०८१

सेलिब्रेटीलाई पनि कानुन लाग्छ

यो विषयले चलचित्र क्षेत्र मात्र नभएर अन्य क्षेत्रलाई पनि यही सन्देश प्रवाह गरेको निर्देशक मनोज पण्डित बताउँछन्। दुषित समाजलाई सफा गर्न पल प्रकरणले थोरै भएपनि चेतना थपिदिएको उनको भनाइ छ।
 |  बिहीबार, वैशाख १, २०७९

राज सरगम

राज सरगम

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- २०७८ साल ‘पल प्रकरण’को साक्षी बन्यो। यो प्रकरण मनोरञ्जन क्षेत्रलाई 'ठूलो' सन्देश पनि दिएको छ। त्यो हो सेलिब्रेटी पनि आम नागरिकसरह नै हुन्- कम्तीमा कानुनको दृष्टिमा। सेलिब्रेटी भएकै कारण उनीहरूलाई अमर्यादित हुन पाउने र कानुन उल्लंघन गर्न पाउने छुट हुँदैन भन्ने कुरालाई यो वर्षले सम्झाउने भएको छ। 

triton college

यो विषयले चलचित्र क्षेत्र मात्र नभएर अन्य क्षेत्रलाई पनि यही सन्देश प्रवाह गरेको निर्देशक मनोज पण्डित बताउँछन्। दूषित समाजलाई सफा गर्न पल प्रकरणले थोरै भए पनि चेतना थपिदिएको उनको भनाइ छ।  

'नाबालिगको इच्छा अनुसार नै यौन सम्बन्ध राखे पनि दण्डनीय अपराध हो भन्ने कुरा समाजलाई बुझाउन यो प्रकरणले काम गरेको छ। व्यक्तिगत कुरा गर्दा पल शाहको जीवनका लागि 'दुर्भाग्य' हो। तर, एउटा सिंगो समाजका लागि यो प्रकरण पाठ हो,' पण्डित भन्छन्। 

पल–प्रकरण सतहमा आएपछि 'स्टारडम'को खोल ओढेर अपराध गर्ने कलाकारमाथि प्रश्न गर्ने हैसियत सिर्जना गरिदिएको छ। अभिनेता दयाहाङ राईलाई यो घटनाकै कारण समाजमा गम्भीर बहस छेडिएको लाग्छ, 'यो गम्भीर बहसको विषय हो। र, यस घटनाले सबै क्षेत्रका मानिसलाई सचेत गराएको हुनुपर्छ।'

कुनै पनि घटनाको सिँधा असर समाजमै पर्ने हो। समाजकै एक हिस्सा हो मनोरञ्जन क्षेत्र पनि। अन्य क्षेत्रमा पनि यस्ता घटना नभएका होइनन्। यस्ता घटनामा पीडकले ढाकछोपको प्रयास पनि गर्छ। 

corrent noodles
Metro Mart
स्टारडमको खोल ओढेर यौन दुर्व्यवहार गर्ने जो कोही अथवा कुनै पनि क्षेत्रको सेलिब्रेटीलाई कानुन लाग्छ भन्ने सन्देश यो घटनाले दिएको नकार्न सकिँदैन। 

'हाम्रो क्षेत्रमा मात्रै हुन्छ भन्ने कुरा गलत हो। सबै क्षेत्रमा हुन्छ,' अभिनेता राई भन्छन्, ‘हाम्रो राज्य प्रणालीमा कानुन छ। तर, बुझ्ने कोसिस गरेका थिएनौं। यो घटनाले कानुनसँग डराऊ भन्न सक्यो। सचेत हुन झकझकायो।’  

कलाकार भनेको राज्यको गहना हो। र, गहना जहिल्यै आकर्षक हुन्छ। भव्य हुन्छ। प्रिय हुन्छ। तर, कलाकार अनुशासनहीन हुने छुट छैन। उनीहरूले पनि मर्यादित भएर कलामार्फत जनतालाई सचेत गराउने हो। समाजलाई नै सचेत गराउने कलाकार यस्ता घटनामा मिसिनु स्टारडमको दुरुपयोग गर्नु पनि हो। यसर्थ कलाकारलाई स्टारडम दुरुपयोग गर्न छुट छैन। 

‘नेपालको कानुन दैवले जानुन्।’ पीडितले न्याय नपाउँदा सम्झिने उखान हो, यो। तर, यो घटनामा पीडितले यस किसिमको उखान गर्नु परेन। किनकि पीडक कानुनबाट बच्न सकेनन्। स्टारडमको खोल ओढेर यौन दुर्व्यवहार गर्ने जो कोही अथवा कुनै पनि क्षेत्रको सेलिब्रेटीलाई कानुन लाग्छ भन्ने सन्देश यो घटनाले दिएको नकार्न सकिँदैन। 

निर्देशक पण्डित भन्छन्, ‘स्टारडम एक नसा हो। नसामा अपराध गर्न पुग्छन्। स्टारडमको नसामा मग्न हुनुहुँदैन भन्ने शिक्षा हरेक सेलिब्रेटीलाई यो घटनाले दिएको छ।’ 

स्टारडमको आडमा आफ्नो पहुँचलाई गलत प्रयोग गरिरहेका हुन्छन्। मनलाग्दी गरीरहेका छन्। ती कलाकार तथा स्टारलाई यस्ता घटना बाहिरिएपछि समाज र कानुनले कसरी लिन्छ भन्ने ज्ञान छैन। आफ्नो व्यक्तिगत चरित्र लुकाउने। तिनको गल्ती अथवा अपराध अर्काथरी सेलिब्रटीले ढाकछोप गर्ने प्रवृत्ति बढ्दो छ। यो घटना पनि पहिला त लुकाउनै खोजिएको थियो। पण्डित भन्छन्, ‘स्टारडमको खोल ओढेर मनलाग्दी गर्न पाइँदैन। तिनलाई पनि कानुन लाग्छ। कानुनले सजाय दियो र समाजलाई ज्ञान दियो।’ 

जनताले दिएको स्टारड्रमको दुरुपयोग गर्न कुनै पनि कलाकारले पाउँदैन भन्छन् निर्देशक पण्डित।  यस्ता प्रवृत्तिले चलचित्र क्षेत्र मात्रै नभएर कुनै पनि क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदैन। र, समाजको नजरमा ती पात्र आदर्श हुन सक्दैनन्। कुनै पछि क्षेत्रका सर्जक तथा स्रष्टालाई हेर्ने दृष्टिकोण फरक बन्न पुग्छ।

अर्का निर्देशक केपी पाठक यस किसिमको प्रवृत्तिले समाजमा नकारात्मक असर पर्ने बताउँछन्। उनी भन्छन्, ‘यो खतरनाक संकेत हो। कलामार्फत जनतालाई सचेत गराउने कलाकारमा भएको ज्ञान अथवा शिक्षाको मापन यो घटनाले गराएको छ।’ 

आपसी समझदारीमा भएका सम्बन्धका किस्सा प्राय मिलीजुली थमथमाइन्छ । तर कतिपय घटना बाहिर नआई धरै पाउँदैन। त्यो त्यतिखेर आउँछ, जब समझदारी बिग्रन थाल्छ। अर्थात् सम्बन्धमा दरार आएपछि त्यसले विस्तृत रूप लिन थाल्छ। यसो हुँदा मनोरञ्जन क्षेत्रमा लागेको एकाध कलाकारका कारण सिंगो क्षेत्रमा प्रभाव पर्छ। यो त प्रतिनिधि घटना मात्र हो। 

‘कलाकार कति बौद्धिक रहेनछन् देखायो,’ निर्देशक पाठकले भने। कलाकार एउटा जिम्मेवारी नागरिक पनि हो। र, ऊ समाज र कानुन विपरीत जानु मिल्दैन। निर्देशक पण्डित भन्छन्, ‘जस्तो सुकै स्टारडम भए पनि कानुन सबैमा समान छ। स्टारडममा घमण्ड नगरे हुन्छ भन्ने पाठ सिकायो। अपराध गरे सजाय पाइन्छ भन्ने कानुनले देखायो।’

पल स्वयम् पनि प्रेम र सम्बन्धका मामलामा कमजोर छन् भन्ने पल–प्रकरण बाहिरिनु अगाडि पनि चर्चामा थियो। महिला कलाकारहरू स्टारडमकै आडमा पीडकको संरक्षणमा पनि उत्रिए। ती व्यक्तिगत सम्बन्ध र व्यावसायिक स्वार्थका कारण गरिएको प्रयत्न थियो तर त्यो प्रयत्न सफल भएन पनि। उनीहरूलाई नै लज्जित हुने अवस्थामा पुर्‍यायो ।

नेपाली सांगीतिक र चलचित्र क्षेत्र निराशै हुनुपर्ने अवस्था भने देख्दैनन् पण्डित। उनका अनुसार स्टारडमको दुरुपयोग गर्ने कलाकारमाथि प्रश्न चिन्ह खडा गर्न सकिन्छ भन्ने बोध जनजनमा गराइदियो। संवेदनहीनतामा रमाउने मानिस समाजबाट बहिष्कृत हुन्छन् भन्ने सन्देश पनि दियो। 

लोकतन्त्रमा सुरक्षित व्यावसायिक बनाउन अगाडि बढिरहेको चलचित्र क्षेत्रका कलाकारमाझ कानुन जोडियो। अराजनीतिक व्यवहारलाई समाजमा सफल हुँदैन भन्ने भयो। चलचित्र क्षेत्र सुधार गर्न आशाको दियो पनि जलायो यो घटनाले भन्ने लाग्छ निर्देशक पण्डितलाई। 

कलाकार भनेको समाजको आदर्श हुन्। समाज नै खलबल्याउने स्टारडम बोकेर हिँड्न कलाकारलाई पनि छुट छैन। हरेक नागरिकलाई कानुनी चेत हुन जरुरी देखायो। तर, कतिपय घटना सम्बन्धका आधारमा विचलन आउँछ। 

कुनै पनि सम्बन्ध अनुशासित र मर्यादित हुनुपर्छ भनिन्छ। अनुशासनहीन सम्बन्धले समाजलाई भड्काउँछ। कतिपयले सम्बन्धलाई खेलाँची बनाउन पुग्दा दुःख पाएका पनि छन्। तर, आजका पुस्ताले सम्बन्धलाई सामान्य ढंगले बुझिदिनु पनि हो। मनोविद् गोपाल ढकालका अनुसार कलाकारमा गहिरो मनोविज्ञान चाहीँ सम्बन्धलाई सामान्य ढंगले बुझिदिनु नै हो। 

मनोरञ्जन क्षेत्र आफैमा रंगिन दुनियाँ हो नै। गल्यामर भरपूर्ण हुन्छ। साथसाथै यो क्षेत्र समाज रूपान्तरका लागि जनचेतना फैलाउने माध्यम पनि हो। अभिनेता राई मनोरञ्जन क्षेत्रलाई कला क्षेत्र भन्नुपर्ने तर्क गर्छन् । राई भन्छन्, ‘मनोरञ्जन मात्रै नभएर कला पनि हुन्छ यो क्षेत्रमा। कला मार्फत समाज रूपान्तरणका भूमिका खेलिरहेका हुन्छन् कलाकारले।’

कला, संगीत, चलचित्र क्षेत्रमा काम गर्नेको ठूलो जमात छन्। यहाँ मानवीय संवेदना नभई सँगसँगै काम गर्न सकिँदैन पनि। काम गर्दै जाँदा मन मिल्ने हो। सम्बन्धको विकास हुने हो। शारीरिक सम्बन्ध जोडिन पुग्ने हो। तर कुनै मोड वा समयमा सम्बन्धमा विचलन आउन पुग्छ। सम्बन्ध तबसम्म टिकीराख्ने हो जबसम्म सम्झौता गर्ने साहस हुन्छ। पल–प्रकरणले यस क्षेत्रमा सम्झौता गरेर करियर बनाउन कुदेका महिलाहरूको विचार तर्क पनि पेस गरेको पाइन्छ। कतिले व्यावसायिक सम्बन्धको भूमिका पनि निर्वाह गरे। मनोविद् गोपाल ढकाल भन्छन्, ‘पितृसत्तात्मक समाजमा अवसरका लागि महिलाहरूले सहनुपर्छ, झुक्नुपर्छ भन्ने मनस्थितिबाट गुज्रिएको हुँदा सम्झौता गर्न पुग्छन् जसले सम्झौता गरे तिनैले पीडक बचाउन खोजेको देखिन्छ।’

हुन पनि अन्य क्षेत्रमा भन्दा गल्यामर फिल्डमा प्रेम, विवाह, सम्बन्ध र सम्बन्धविच्छेद सामान्य नभएको होइन। पल स्वयम् पनि प्रेम र सम्बन्धका मामलामा कमजोर छन् भन्ने पल–प्रकरण बाहिरिनु अगाडि पनि चर्चामा थियो। महिला कलाकारहरू स्टारडमकै आडमा पीडकको संरक्षणमा पनि उत्रिए। ती व्यक्तिगत सम्बन्ध र व्यावसायिक स्वार्थका कारण गरिएको प्रयत्न थियो तर त्यो प्रयत्न सफल भएन पनि। उनीहरूलाई नै लज्जित हुने अवस्थामा पुर्‍यायो । समाजले उनीहरू माथि प्रश्न गर्‍यो र तिनीहरू फेल भए। तिनको प्रयास सफल हुन सकेन। 

‘नियोजित षडयन्त्र गरी पललाई फसाइएको हो’ यस्तोसमेत भनियो। यसो भन्नु व्यावसायिक सम्बन्ध र सम्झौता मान्छन् मनोविद् ढकाल। उनी भन्छन्, ‘आफ्ना सम्बन्धप्रति किन संवेदनशील हुँदैनन् भन्ने प्रश्न पनि जन्माएको छ यो घटनाले।’ 

‘मनोरञ्जन क्षेत्रबाटै आएका केही महिलाहरू पलको बचाउ नगर्नुको कारण अति सामान्य लिन पुग्नु नै हो। किनकि, यस क्षेत्रमा यस्ता सम्झौता कुनै न कुनै मोडमा तिनले पनि गरेका हुन सक्छन्। मनोविद् गोपाल ढकाल भन्छन्, ‘हामीले पनि त्यस्तै सम्झौता गरेर आएका हौं भन्ने मानसिकताबाट गुज्रिएका महिलाहरूले पीडकलाई संरक्षण गर्न खोजे।’ 

यसले कलाकारमा कुन स्तरको बुझाई अथवा ज्ञान रहेछ भन्ने स्पष्ट बुझायो? नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह यस घटनाले कलाकारहरूको चेतनास्तरलाई मापन गरेको बत्ताउँछिन्। उनी भन्छिन्, ‘शिक्षाको अभाव हुनुले मान्छेलाई सही र गलत छुट्याउन गाह्रो भयो। चेतना अथवा ज्ञान कमजोर हुँदा अथवा कलाकारसँग कानुनको ज्ञान कम हुँदा के हुन्छ भन्ने परिणाम देखियो।’

महिलाहरू पितृसत्तात्मक समाजबाट उन्मुक्ति खोज्दै स्वतन्त्रताको नारा लगाइरहेको महिलालाई यो घटनाले एक हुन सिकायो।

प्रकाशित: Apr 14, 2022| 09:09 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।