आइतबार, असार ७, २०८३

ज्योतिषीय दृष्टिले कस्तो रहने छ देशको लागि २०७९ साल ?

यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए। उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भए पनि साउन १२ गतेबाट कात्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह बक्र रहने भएकोले सरकार कमजोर रहनेछ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन्। नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन्। यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए। उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भए पनि साउन १२ गतेबाट कात्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह बक्र रहने भएकोले सरकार कमजोर रहनेछ। 

National life

यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिए पनि आन्तरिक रुपमा कलह नै रहने बताए। ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरु, धार्मिक क्षेत्रहरु, बौद्धिक व्यक्तित्वहरु भूमिका राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरेपनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताए। यस वर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउन सक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्ने बताए। 

यस वर्ष धनु, मकर र कुम्भ राशीलाई माघ २७ भन्दा पहिला साँढे सातको दशा पर्नसक्ने रहेको छ र अढैया दशा, माघ २७ भन्दा पहिला मिथुन र तुला राशीलाई पर्ने बताउनु भयो। माघ २७ पछि भने शनि कुम्भ, राशीमा पुग्ने र त्यसपछिका दिनमा मकर, कुम्भ र मिन राशीलाई साँढे सातको दशा रहेको र ककर्ट र वृश्चिक राशीलाई अढैयाको दशा रहको बताउनु भयो। नेपालको राशीमा पनि माघ २८ पछि अढैया दशा लाग्नेछ। 

अर्थात् त्यसपछिका दिनमा आन्तरिक कलहले नेपाललाई सताउनेछ। यस वर्ष मौसमको दृष्टिकोणले पनि समग्रमा त्यति राम्रो नरहेको उनले बताए। यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ। त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताउनु भयो। यस वर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ। 

यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरुले देखाएको बताए। सबैले सोचेर काम गर्ने हो भने देश शंकटमा नफस्‍ने पनि उनले बताए। निर्माणका लागि पश्चिमी देशहरुले अनावश्यक आश देखाएर देशमा आन्तरिक कलह निम्तिन सक्ने ग्रहगोचर भएको भन्दै उहाँले बेलैमा सचेत रहनुपर्ने बताए।

Shivam cement

त्यस्तै यस वर्षको आर्थिक अवस्थामा देश कमजोर नै रहने बताए। ज्योतिषाचार्य सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरुले होस नपुर्‍याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताउनु भयो। विवेकपूर्ण रुपमा अघि यसले कुनै असर नगर्ने उनको भनाइ छ। 

त्यस्तै ज्योतिषाचार्य सेडारीले कृषिको क्षेत्रमा यसवर्ष मध्यम समय रहेको बताए। यस वर्ष पश्चिमी देशहरुबाट वर्षभर नै सचेत रहनुपर्ने ग्रहगोचरले देखाएको बताए। ज्योतिषाचार्य सोडारीले साउन १२ देखि कार्तिक ३ गतेसम्म शनि वक्र रहेकोले पश्चिमी देशहरुले निर्माणको रुपमा हात हालेका कामहरुको विषयलाई आन्तरिक कलहको विषय बनाएर आन्तरिक द्वन्द्व फैलाउन सक्ने ग्रहगाचर रहेको बताए। 

प्रकाशित: Apr 14, 2022| 06:20 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।