आइतबार, असार ७, २०८३

सगरमाथासहित १९ हिमाल आरोहणका लागि ७४ समूहलाई अनुमति

पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ। सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्‍न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ। सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन्।

National life

सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन्। त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ।

अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ। मकालु (८,४६३ मिटर) आरोहणका लागि दुई, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई, ल्होत्से (८५१६ मिटर) मा एक, आरोही समूहले आरोहण अनुमति लिएका छन्।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ती हिमाल तथा पिक आरोहणबाट ३३ करोड बढी रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ।

प्रकाशित: Apr 13, 2022| 21:40 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।