बुधबार, असार ३१, २०८३

बाख्रा चराउन गएका बालक महाकालीमा बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
डडेल्धुरा- बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् । 

महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका-५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका-५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ बाख्रा चराउने क्रममा नदीका पानी पिउन खोज्दा महाकालीमा बगेर बेपत्ता भएका हुन् । 

बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । 

प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला नपरेका इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक पाण्डेयले बताए । 

बेपत्ता बालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।