आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालसँग कूटनीतिक सम्बन्ध राख्‍ने मुलुकको सङ्ख्या १७६

नेपालसँग कूटनीतिक सम्बन्ध राख्‍ने मुलुकको सङ्ख्या १७६

नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत/स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या १७६ पुगेको छ। नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत/स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

National life

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुलुकको विस्तारले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गरिन्।

मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारेमा जानकारी गराउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अप्रिल १ देखि ३ तारिखसम्म भारतको तीनदिने औपचारिक भ्रमणले दुवै मुलुकका सम्बन्धका बहुआयामिक क्षेत्रमा छलफल भएको र दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताइन्।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले यही अप्रिल ८ मा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुसँग भर्चुअल वार्ता गरेको बारेमा प्रवक्ता लम्सालले बताइन्। सो अवसरमा दुवै पक्षले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा गहन विचार आदानप्रदान गर्नुका साथै दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिएका थिइन्।

यसैगरी प्रधानमन्त्री देउवाले गत मार्च ३० मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले बिम्स्टेक सदस्य राष्ट्रले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनजन सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिकरूपमा चाल्नुपर्ने कदमकाबारेमा धारणा व्यक्त गरेका थिए। 

Shivam cement

भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिम्स्टेक बडापत्र पारित गरेको थियो। नेपालकोतर्फबाट प्रधानमन्त्रीले वडापत्रमा हस्ताक्षर गरेको थियो। श्रीलङ्काको कोलम्बोमा भएको शिखर सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत सहभागी थिए।

यस्तै परराष्ट्रमन्त्री डा खड्काको मैत्रीपूर्ण निमन्त्रणमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले मार्च २५ देखि २७ तारिखसम्म नेपालको भ्रमण गरेका थिए। सो अवसरमा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध र सहयोगका महत्वपूर्ण पक्षमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई थप सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्वमा जोड दिइएको थियो। 

प्रकाशित: Apr 13, 2022| 21:00 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।