काठमाडौं- मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । विमान उडेको करिब पाँच मिनेटमै भएको दुर्घटनामा परि कसैको पनि ज्यान भने नगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जनरल ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान केही मिनेटमा नै दुर्घटनामा परेको हो। दुर्घटनामा ८५ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
विमान उड्नै लाग्दा एक्कासी रनवेभन्दा बाहिर गएर दुर्घटना भएको हो। दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेका छन् । अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४