बुधबार, असार ३१, २०८३

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । 

केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ । 

कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको जानकारी दिए । “सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ । गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेका छौँ,” उनले भने । 

कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन् । एक सय चार वर्ष पुरानो केन्द्रीय कारागारभित्रको तीनवटा भवनमा हाल दुई हजार ८०३ कैदीबन्दी तथा चार नाबालक रहेका छन् । केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी रहेका छन् । 

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । पुरानो भौतिक संरचना र संख्या अत्यधिक भएकाले कारागार कार्यालयले हाल दैनिक चार पटक कैदीबन्दीको हाजिर गर्दै आएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।