सुर्खेत- कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्ने भएको छ। बुधबार दिउँसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्ने भएको हो।
मंगलबार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको मापदण्डलगायत चुनावको रणनीति विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन्।
यसअघिका बैठकमा प्रदेशमा दलहरूको २०७४ को चुनावमा आएको मत परिणाम के–कस्तो थियो भन्ने विषयमा रिपोर्टिङ प्रस्तुत गरेका छन्। गठबन्धनभित्रका दलहरू मध्ये २०७४ मा सबैभन्दा बढी जनमत माओवादी केन्द्रको रहेको थियो।