बुधबार, असार ३१, २०८३

साउन १५ बित्यो तर अझै १४ प्रतिशत खेत बाँझै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मुलुकभर ८६.२९ प्रतिशत धान रोपाई भएको छ । १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म १३ लाख ३९ हजार ६५३ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको सोमबारको तथ्याङ्क अनुसार गएको वर्ष यसै अबधिमा अर्थात साउन १६ गतेसम्ममा मुलकभर ७७.०३ प्रतिशत मात्रै धान रोपिएको थियो । त्यसको तुलनामा यो वर्ष १२ प्रतिशत बढेको हो । 

त्यस्तै हालसम्ममा सबैभन्दा बढी उच्च पहाडमा ८७.५९ प्रतिशत धान रोपाई भएको छ । ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म उक्त क्षेत्रमा ५० हजार ९३९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । 

त्यसपछि मध्य पहाडमा रोपाई भएको छ ।  ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा ८६.६५ प्रतिशत अर्थात ३ लाख ४६ हजार ३२२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । 

सबैभन्दा बढी धान रोपाई हुने तराई क्षेत्रमा ८६.०९ प्रतिशत रोपाई भएको छ । १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफल मध्ये हालसम्ममा ९ लाख ४२ हजार ३९३ हेक्टर क्षेत्रफलमा धान रोपिएको मन्त्रालयले जानकारी दिएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।