बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनुवाइ समितिको बैठक आज : जोशीको नाम अस्वीकृत गर्ने तयारी

सुनुवाइ समितिको बैठक आज : जोशीको नाम अस्वीकृत गर्ने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनवाइ समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेका छन् । माथिल्लो आदेशबमोजिम उनीहरूले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका हुन् । 

समितिको आज बस्ने बैठकमा सकेसम्म कांग्रेसका सदस्यहरूको समेत सहमतिमा सर्वसहमत रूपमा अस्वीकार गर्ने नभएमा दुई तिहाइ मतको प्रयोग गरेर भएपनि जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।  

जोशीको शैक्षिक प्रमाणपत्र अर्कैको नाममा देखिएको, जन्म मितिसमेत फरक परेको, उनले गरेका विभिन्न फैसलामा त्रुटि भेटिएको,  तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले उनलाई सर्वोच्चको न्यायाधीश बनाउन नहुने मत दिएकोलगायत कारण देखाउँदै जोशीको नाम अनुमोदन नगर्ने तयारी भएको हो । 

जोशीले समितिमा बुझाएको प्रवेशिका परिक्षाको प्रमाणपत्रको विवरण परीक्षा नियन्त्रण कार्यालय र विजय मेमोरियल स्कुलसँग मेल नखाएको पाइएको छ भने आफ्नो भनी दाबी गरेको सिम्बोल नम्बर ३६६७ मा अर्कै परीक्षार्थी हीमबहादुर लेकालीको नाम रहेको भेटिएको छ । उनको शैक्षिक प्रमाणपत्र विवादको घेरामा पर्नुका साथै उनको कार्यशैलीप्रति पनि सत्तारुढ दल असन्तुष्ट देखिएको छ । 

यस्तो छ अंकगणित

१५ सदस्यीय समितिमा नेकपाका नौ सदस्य छन् भने सत्तापक्ष दल संघीय समाजवादी फोरमबाट एक सदस्य छन् । नेपाली कांग्रेसका चार र राजपाबाट एक जना सदस्य समितिमा छन् ।

राजपाबाट प्रतिनिधित्व गर्ने लक्ष्मणलाल कर्ण ज्येष्ठताका आधारमा समितिको सभापति छन् । उनले मत विभाजनको अवस्था आएमा मात्रै मताधिकारको प्रयोग गर्न पाउनेछन् । यसरी हेर्दा सत्तापक्ष दलका सदस्यको सहजै दुई तिहाइ मत पुग्ने अवस्था छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।