बुधबार, कात्तिक १९, २०८२

एमबीबीएस पढ्ने भारतीय विद्यार्थी मानव अंगसहित पक्राउ

मानव अंगसहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

विराटनगर– मानव अंगसहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बीओपी रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई बिहान ११ः४० बजेतिर पक्राउ गरेको हो। 

Kumaribank

सिन्हालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको १ नम्बर ढाटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १–१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुरकुच्चाको हड्डी ८–८ वटा बरामद भएको छ। 

पक्राउ परेका भारतीय नागरिक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी भएको बताईएको छ । सशस्त्रका अनुसार सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा बीपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचय पत्र फेला परेको छ । परिचय पत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ । 

पक्राउ परेका सिन्हालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । विस्तृत अनुसन्धानपछि यस विषयमा थप कुरा खुल्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीका अनुसार मानव अंगको ओसारपसारमा कानुनी प्रतिबन्ध छ ।

प्रकाशित: Apr 12, 2022| 17:52 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।