आइतबार, मंसिर ७, २०८२

रामोस भन्छन् – अझै केही वर्ष उच्चस्तरमा खेल्न चाहन्छु

पेरिस सेन्ट जर्मेन्ट (पीएसजी)का ३६ वर्षे स्पेनिस डिफेनडर सर्जियो रामोसले आफू अझै केही वर्ष खेल्न चाहेको बताएका छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– पेरिस सेन्ट जर्मेन्ट (पीएसजी)का ३६ वर्षे स्पेनिस डिफेनडर सर्जियो रामोसले आफू अझै केही वर्ष खेल्न चाहेको बताएका छन्। अझै ४–५ वर्ष खेल्ने र थप अनुभव गर्ने उनको भनाइ छ।

National life

अमेजन प्राइमसँग कुरा गर्दै उनले पीएसजीसँगको दुई वर्षको सम्झौतालाई ३ वर्षसम्म पुर्याउन कोशिश गर्ने बताएका छन्। 

रामोस गत सिजन स्पेनिस क्लब रियल मड्रिड छाडेर फ्रान्सेली क्लब पीएसजी गएका थिए। पीएसजी गएको सुरुवातमै घाइते भएका कारण उनले क्लबमा धेरै खेल छुटाउन बाध्य भएका थिए। पीएसजीमा गएपछि घाइते भएर धेरै खेल खेल्न नसक्नु अनि आफ्नो टिमले राम्रो खेल्न नसकेर च्याम्पियन्स लिगबाट बाहिरिनु आदि कारणले रामोस पूर्ण रुपमा सन्तुष्ट भने छैनन्।

स्पेनिस डिफेन्डर रामोस उत्कृष्ट डिफेन्डरमध्येका एक हुन्। रामोस धेरै सफल खेलाडी समेत हुन्। उनले ५ ला लिगा र ४ च्याम्पियन्स लिगसहित रियल मड्रिडका लागि २२ वटा उपाधि जितेका छन्। त्यस्तै एक विश्वकप र २ युरोकप उपाधि समेत स्पेनबाट जितिसकेका छन्। उनले आफ्नो करिअरमा १०० गोलको आँकडा समेत पूरा गरिसकेका छन्।

प्रकाशित: Apr 12, 2022| 17:14 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।