आइतबार, मंसिर ७, २०८२

आईपीएलमा आज धोनी र कोहलीको टिम आमनेसामने हुँदै

भारतमा जारी १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल्स च्यालेन्जर्स वेंग्लोरले चेन्नइ सुपर किंग्स विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे मुम्बईमा सुरु हुनेछ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– भारतमा जारी १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल्स च्यालेन्जर्स वेंग्लोरले चेन्नइ सुपर किंग्स विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे मुम्बईमा सुरु हुनेछ।

National life

लिगमा १ खेल पनि जित्न नसकेको चेन्नई अंकविहिन हुँदै तालिकाको पुछारमा रहेको छ, उसले ४ खेल खेल्दासम्म पनि जित निकाल्न सकेको छैन। वेंग्लोर ४ खेल खेल्दा ३ मा जित र १ मा हार व्यहोर्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आजको खेल जित्दै वेंग्लोर तालिकाको शीर्षस्थानमा उक्लिने दाउमा छ भने जितविहिन चेन्नई आज पहिलो जितको खोजीमा हुनेछ।

आजको खेलमा महेन्द्रसिंह धोनी र विराट कोहली एकअर्काविरुद्ध मैदान उत्रिने छन्। दुवै खेलाडीले यसै सिजन आफ्नो टिमको कप्तानी छाडेका हुन्। धोनी आईपीएलका सफल कप्तान मध्येका एक हुन्। उनले आफ्नो कप्तानीमा चार पटक यो प्रतियोगिता जितिसकेका छन्। विराट कोहली अझैपनि उपाधि विहिन रहेका छन्। 

आईपीएलका राजस्थान रोयल्स ६ अंकका साथ तालिकाको शिर्षस्थानमा रहेको छ भने कोलकाता पनि समान ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: Apr 12, 2022| 16:12 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।