बुधबार, फागुन २०, २०८२

बार्सिलोना जान सक्ने लेवानडोस्कीको सम्भावना

जर्मन क्लब बायर्न म्युनिखका प्रमुख स्ट्राइकर रोवर्ट लेवानडोस्की पछिल्लो समय बार्सिलोना जान सक्ने सम्भावना देखिएको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं– जर्मन क्लब बायर्न म्युनिखका प्रमुख स्ट्राइकर रोवर्ट लेवानडोस्की पछिल्लो समय बार्सिलोना जान सक्ने सम्भावना देखिएको छ। बायर्नसँगको उनको सम्झौता सकिन लाग्दा उनी सम्झौता थप गर्ने मनस्थितिमा नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

उनी बायर्नसँगको सम्झौता सकेर बार्सिलोना जान चाहेको बताएका छन्। बार्सिलोना पोलिस गोल मेसिन लेवानडोस्कीलाई आफ्नो क्लबमा ल्याउन चाहन्छ। बार्सिलोनाले लेवानडोस्कीलाई ३ वर्षका लागि आफ्नो क्लब भित्र्याउन चाहेको र प्रति वर्ष २५ देखि ३० मिलियन युरो दिन तयार भएको जनाएको छ।

तर लेवानडोस्कीले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। यदि उनि बायर्नमै बस्ने सोच बनाए भने आफूहरु सम्झौता थप गर्न तयार भएको बताएका छन्। ३३ वर्षे लेवानडोस्की अहिले युरोपियन फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन्।

उनले यस सिजन लिगमा २९ खेलमा ३२ गोल गरेका छन् भने च्याम्पियनस लिगमा ९ खेलमा १२ गोल गरिसकेका छन्। उनी यस सिजनको युरोपियन फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत हुन्।

प्रकाशित: Apr 12, 2022| 15:42 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।