आइतबार, मंसिर ७, २०८२

च्याम्पियन्स लिगमा आज रियल र चेल्सी भिड्दै

खेल मैदान सान्टियागो बर्नबाउमा नेपालि समय अनुसार राति १२:४५ बाट सुरु हुनेछ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज स्पेनिस घरेलु टोली रियल मड्रिडले पाहुना टोली चेल्सीसँग खेल्दै छ। खेल मैदान सान्टियागो बर्नबाउमा नेपालि समय अनुसार राति १२:४५ बाट सुरु हुनेछ।

National life

पहिलो लेग ३-१ ले जितेको घरेलु टोली रियल मड्रिड आज उच्च मनोबलका साथ मैदान उत्रिँदै छ। खेल बराबरी मात्रै गरे पनि रियलले सेमिफाइनलको यात्रा तय गर्न सक्नेछ।

आफ्नै मैदानमा भएको खेलमा अप्रत्याशित हार  हार व्यहोरेको चेल्सी चेल्सी पूर्ण रूपमा दबाबमा हुनेछ। खेल जितेर सेमिफाइनल पुग्न चेल्सीलाई कम्तीमा पनि ३-० को स्पष्ट जित अनिवार्य छ। आजको खेल हुँदा चेल्सीको लक्ष्य कमब्याक जित सफल बनाउनु हो।

तर रियलको लक्ष्य भनेको पहिलो लेगको अग्रता जोगाउनुका साथै दोस्रो लेगमा पनि जित निकालेर सेमिफाइनल पुग्नु हो। यो भन्दा पनि ठुलो कुरा त गत सिजन भोगेको हारको बदला लिनु पनि हो। गत सिजन चेल्सीले रियललाई ३-१ ले हराएको थियो यति मात्र नभई उस्ले उपाधि समेत जितेको थियो।

आजको खेलका लागि रियलका सबै खेलाडीहरु ठिकठाक मैदान उत्रिने छन् भने चेल्सीका लागि प्रमुख खेलाडी रोमेरो लुकाकु चोटका कारण मैदानमा हुने छैनन्।

Laxmi sunrise bank
kumari

दुवै टिमले आजको खेलका लागि खेलाडीहरू घोषणा गरि सकेका छन्। त्यस्तै आजै च्याम्पियन्स लिगमा अर्को खेल पनि हुँदै छ, जसमा घरेलु टिम जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब भिल्लारियलसंग खेल्दै छ जसमा भिल्लारियल १-० को अग्रतामा रहेको छ।

प्रकाशित: Apr 12, 2022| 12:57 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।