मंगलबार, पुस १, २०८२

सालको काठसहित चार जना पक्राउ

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ।

National life

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो।

काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता  र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताए। उनका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै थिए।

बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ।

प्रहरीका अनुसार आइतबार जिल्ला अदालत सुर्खेतबाट छ महिना कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका फरार १६ वर्षीय कल्पना सोनीलाई सोही पालिकाको बसपार्कबाट पक्राउ गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 12, 2022| 08:05 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।