शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पुल तर्ने मान्छेका तौल जोखिरहेछन् यी दृष्टिविहीन

घरमा शारदालाई दुई सन्तानको हेरचाहबाटै फुर्सद मिल्दैन। त्यसैले घरायसी काम सबै दिलबहादुर आफै गर्छन्। फुर्सद मिल्यो भने कहिलेकाँही श्रीमतीको साहारामै बाहिर डुल्न निस्कन्छन्।
 |  मंगलबार, चैत २९, २०७८
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

मंगलबार, चैत २९, २०७८

निकै व्यस्त हुन्छ, रत्नपार्कको आकाशेपुल। सयौँ पैँतालाहरु यहाँ दिनहुँ ओहोरदोहोर गरिरहन्छन्। आ–आफ्नै सुरमा हिडिरहन्छन्। तर हिडिरहेकै कोही टक्क रोकिएर त्यहाँ राखिएको तौल जोख्ने मेसिनमाथि चढ्यो भने, सम्झिनुस्, त्यहाँ दिलबहादुर तामाङको मन खुशीले झन् बढी चढ्छ। 

triton college

हरेक साँझ रत्नपार्कको सडकमा पसलहरुको मेला लाग्छ। त्यहीँ भिडमा कालो चश्मा र सेता छडीको सहारामा मान्छेहरुको तौल जोखिरहेछन्, दिलबहादुर। पाँच वर्षको उमेरमै दृष्टी गुमाएका उनी अनेक संघर्षपछि एक महिनायता यो व्यवसायमा लागेका छन्। रत्नपार्कको आकाशेपुलमा मेशिन राखेर तौल जोख्नु नै उनको गरिखाने मेलो बनेको छ। 

भक्तपुरको सानोठिमीमा उनको डेरा छ। त्यही डेराबाट हरेक दिन दिउँसोको १२ बजे झोलामा तौल जोख्ने मेसिन बोकेर उनी बसस्टपतिर लाग्छन्। झन्डै १ घन्टाको बस यात्रापछि बागबजारको बसस्टपमा ओर्लन्छन्। त्यसपछि बाटोमा हिड्ने बटुवाहरुको सहयोगमा आकाशेपुलसम्म पुग्छन्। अरुहरु त्यहाँ बेच्नका लागि अनेक सामान विछ्याइरहेका हुन्छन्, उनीचाँही तौल जोख्ने मेशिन विछ्याउँछन्। भन्नेले जे भनुन्, त्यही नै उनको पसल हो। 

त्यहाँ तौल जोखेबापत हरेक व्यक्तिसँग उनी दश रुपियाँ ‘चार्ज’ लिन्छन्। ‘दिनको ३ सयदेखी ६ सयसम्म आम्दानी हुन्छ, यही नै मेरो भात खाने बाटो हो,’ पुलमाथि ग्राहक कुर्दै गर्दा भेटिएका उनले हामीसँग खुशी सुनाए।  

०००

Metro Mart
vianet

उनको स्थायी ठेगाना सिन्धुपाल्चोकको मेलम्ची हो। तर, आठ वर्षयता उनी काठमाडौंमै संघर्षरत छन्। ८ वर्षअघि बाह्रबिशेमा बस्ने एकजना साथीले अगरबत्ती कारखानामा काम गर्न भन्दै उनलाई गाँउबाट यो शहर ल्याएका थिए। यो शहरको भिड आँखाले देख्न नपाएपनि जोखेरै महसुस गरिरहेको बताउँछन्।  

दिलबहादुरलाई आइडिया ठिकै लाग्यो। त्यसपछि चार हजार तिरेर तौल जोख्ने मेशिन किने। अनि सुरु भयो– सानोठिमीदेखि रत्नपाकसम्मको यो यात्रा। 

काठमाडौं आएपछि लामो समय उनले अगरबत्ती कारखानामा काम गरे। त्यहाँ उत्पादन भएको सामग्रीलाई एक जना साथीको सहायतामा पसल तथा कार्यालयसम्म पुर्‍याएर बेच्ने गर्थे। यसरी उनले दिनको पाँच सयदेखी एक हजारसम्म नाफा गर्थे। 

तर, यो काममा धेरै नै हिड्नुपर्ने भएपछि उनलाई असहज भइरहेको थियो। झन् त्यसमाथि अगरबत्तीको व्यापार पनि खस्किएपछि उनलाई परिवार चलाउन हम्मेहम्मे परिरहेको थियो। सोचिरहेका थिए– अब के गर्ने होला!

यही क्रममा उनलाई एक जना साथीले सुझाव दिए– ‘तौल जोख्ने मेसिन किनेर सडकमा राख। कमाइ राम्रो हुन्छ।’ 



दिलबहादुरलाई आइडिया ठिकै लाग्यो। त्यसपछि चार हजार तिरेर तौल जोख्ने मेशिन किने। अनि सुरु भयो– सानोठिमीदेखि रत्नपाकसम्मको यो यात्रा। 

आकाशेपुलमा चर्को घामकाबीच मान्छेहरुको तौल जोख्नु सहज छैन उहाँलाई। पुलमाथि दिनभरि बस्दा उनलाई पानीको प्यासले सताउँछ। तर, दृष्टिबिहिन भएकाले मेशिन छोडेर पानी खोज्दै निस्कन सक्दैनन्। ‘पुल माथि बल्लतल्ल अरुको सहयोगले चढेको हुन्छु, पानी खोज्न पानी बोकेर निस्किने कुरा भएन, त्यसैले पानीविनै तिर्खा मेट्नपर्छ कहिलेकाँही,’ उनले सनाए।

बाटोमा हिड्ने मानिसहरुलाई दिलबहादुरको मेशिन देखेपछि एक्कासीको आफ्नो तौलको जिज्ञाशा हुन्छ। यतिसम्मकी कोही कोही त झोला बोकेरै आफ्नो तौल जोख्न थालिहाल्छन्। जब मेशिनले आफ्नो तौल बढी देखाउँछ, त्यसपछि मात्रै झस्किदै उनीहरु आफ्नो झोला फुकाल्छन्। र, फेरि तौल जोख्छन्। 

तौल जोख्ने धेरै ग्राहकहरु दिलबहादुरलाई देखेर आश्चर्यमा पर्छन्। ‘तपाई साँच्चै आँखा देख्नुहुन्न,’ धेरैले सोध्ने गर्छन्। कोही कोही दृष्टिबिहिन भएर पनि यसरी कर्म गरेको भन्दै खुशी व्यक्त गर्छन्। अनि फिर्ता लिनुपर्ने पैसा पनि लिँदैनन्। ‘मेरो मिहेनत देखेर खुशी मान्छन्, फिर्ता पैसा तपाई नै राख्नुस् भन्नेहरु पनि धेरै हुन्छन्,’ उनले सुनाए।

कोही ग्राहक त भविष्यमा सकेको मद्दत गर्छु भन्ने आश्वासन दिएर पनि जान्छन्। तर, तिनीहरु फर्केको दिलबहादुरलाई थाहा छैन। 

०००

अगरबत्ती कारखानामा काम गर्ने क्रममा दिलबहादुरको सहकर्मी शारदा भण्डारीसँग भेट भयो। कैलालीमा जन्मिएकी १८ वर्षिया शारदासँग भेटेको केहीसमयमै उनीहरु नजिक भए। काम गर्दागर्दा उनीहरुबीच प्रेम अंकुरायो। त्यसपछि उनीहरुले बिहे गरे।

शारदाचाँही नजिकको दृश्यहरु अलिअलि देख्न सक्छिन्। उनीहरुको पाँच वर्षकी छोरी र सात महिनाको छोरो छन्। सन्तान जन्मिएपछि शारदा घरमै व्यस्त हुन थालिन्। एस. एल.सी पास गरेकी शारदा थप पढ्ने तयारी गर्दैछिन्। दिलबहादुरले भने घर चलाउने जिम्मेवारी लिएका छन्।  

‘म एकजना दृष्टीबिहिन साथीसंग बस्थेँ तर उहाँ एक्लै बस्नुहुन्थ्यो,’ शारदा भन्छिन्,‘आँखा नदेख्ने मान्छे एक्लै कसरी सबै काम गर्न सक्नुहुन्छ भन्ने पिर हुन्थ्यो। पछि उहाँको शान्त र मिहनेती स्वभावले लोभ्याउँदै गयो। यस्तो लाग्यो, एक अर्काको जरुरी भएर हाम्रो भेट भयो। त्यसैले बिहे गर्यौं।’

घरमा शारदालाई दुई सन्तानको हेरचाहबाटै फुर्सद मिल्दैन। त्यसैले घरायसी काम सबै दिलबहादुर आफै गर्छन्। फुर्सद मिल्यो भने कहिलेकाँही श्रीमतीको साहारामै बाहिर डुल्न निस्कन्छन्।  

उनले काठमाडौं आएपछि उपचारको प्रयास नगरेका होइनन्। तर डाक्टरले ‘बच्चामा भएको भए उपचार हुन सक्थ्यो, अब सम्भावना छैन’ भन्दै फर्कादिए। त्यसपछि संसारलाई आँखाले देख्न पाइने झिनो आशा बोकेर अस्पताल पुगेको उनी निराश बनेर फर्कन बाध्य भए। 

घरको वातावरणमा अभ्यस्त भइसकेकाले घरायसी काम गर्न उनलाई गाह्रो लाग्दैन। पाँच वर्षको छोरीको सहाराले बजारमा पुगेर सामान किन्ने गरेका छन्। दिल बहादुरले छोरीलाई भक्तपुरको एस.ओ.एस स्कुलमा पढाइरहेका छन्। ‘स्कुलले निःशुल्क पढाइरहेको छ,’ उनले भने, ‘ट्युसन बाहेक अरुको शुल्क तिर्नुपर्ने चिन्ता छैन। पढाई राम्रो हुन्छ भन्ने सुनेको छु तर नानीको स्कुल गएको छैन।’ छोरीलाई स्कुल पु¥याउनेकामचाँही शारदाले नै गर्दै आइरहेकी छिन्। 

०००

दिलबहादुरलाई दृष्टिबिहिन देखेपछि धेरैले सोध्ने गर्छन्, ‘यस्तो कसरी भयो?’

त्यतिबेला उनी पाँच वर्षको उमेरमा फर्कन बाध्य हुन्छन्। जतिखेर उनी साह्रै बिरामी परेका थिए। आँखा र टाउको बेस्सरी दुखेको थियो। तीन महिनासम्म बेडबाट उठ्न सकेका थिएनन। ‘तीन महिनापछि जब दुःखाइ कम हुँदै गयो, त्यतिबेला मेरो दृष्टि गुमेछ,’ उनले सम्झिए,‘सिन्धुपाल्चोकको बिकट गाँउमा जन्मेकाले उपचार गर्न पनि सकिएन। तर, त्यतिबेला आँखाले केही नदेखेपनि अध्यारो र उज्यालो चाँही छुट्याउन सक्थेँ। ’

उनले पुर्ण रुपमा आफ्नो दृष्टिचाँही १० वर्षअघि मात्रै गुमाएका रहेछन्। ‘फेरि बाल्यकालमा जस्तै बिरामी परेँ अनि पुर्ण रुपमा दृष्टि गुम्यो,’ उनी भन्छन्, ‘म जन्मजात दृष्टीबिहीन नभएपनि बालापनमा देखेको केहीपनि दृश्यको याद छैन। मैले जानेको र चिनेको रङ कालो मात्रै हो।’ 

उनले काठमाडौं आएपछि उपचारको प्रयास नगरेका होइनन्। तर डाक्टरले ‘बच्चामा भएको भए उपचार हुन सक्थ्यो, अब सम्भावना छैन’ भन्दै फर्कादिए। त्यसपछि संसारलाई आँखाले देख्न पाइने झिनो आशा बोकेर अस्पताल पुगेको उनी निराश बनेर फर्कन बाध्य भए। 



गाँउमा हुँदा दिलबहादार बाआमालाई घरायसी काममा सघाउँथे। खाना बनाउने , भैँसीको दुध दुहुने, भकारो सोर्ने, घाँस र सोतर काट्ने आदइत्यादी सबै काम गर्थे। बाल्यकालमा उनीसँग खेल्ने साथी कोहीपनि हुँदैन थिए।

जति हुन्थे उनीहरु भिरपाखामा दौडने खेल खेल्थे। तर, दिलबहादुर अरुजसरी फुर्तिलो भएर हिड्न सक्दैन थिए। त्यसैले सबै साथीहरुले उनलाई टाढै राख्थे।  गाँउमा भिरपाखामा खेल्ने कुद्ने खेल साथीहरुले खेल्थे। उनीचाँही टाढैबाट पनि साथीहरुको हो–हल्ला र हाँसो सुनेर आनन्द लिन्थे।  

०५४ सालमा दिलबहादुरको बुबाको मृत्यु भयो। घरको जेठो छोरा भएकाले थप जिम्मेवारी उनकै काँधमै आइपुग्यो। उनका दुइ भाइ र दुई बहिनी छन्। तर बुबाको अनुपस्थितीपछि भैँसीको दुध बेच्न डेरीसम्म पुग्ने काम पनि उनकै काँधमा आइपुग्यो। दुध बेचेर पहिलोपटक लिएको पैसा नै उनले जिवनको पैसा छोएको पहिलो अनुभव बन्न पुग्यो। कागजको नोटले मान्छेको जिवनमा धेरै फरक पार्दो रहेछ, उनले त्यहीबेला बुझे। बाबा र आमाको निधन भएपछी घरमा बस्न उनलाई मन लागेन। त्यसपछि आत्मनिर्भर बन्ने सपनाले डोर्‍याउँदै उनलाई काठमाडौंसम्म ल्यायो।  

०००

संसार कस्तो छ, आफु कस्तो छु दिलबहादुरलाई पनि देख्न मन लाग्छ। ‘जुन कुरा सम्भव छैन त्यसको आशा राख्यो भने पिडा बढी हुनेरहेछ। अव त आँखा देख्ने आशा मरिसक्यो। एउटा इलम गरेर परिवारलाई पाल्न सक्ने बन्न मन छ,’ उनी आफ्नो रहर सुनाउँछन्।  

बेलुका सात बजेतिर डेरामा पुग्छन् उनी। दिनभरि मानिसको तौल जोखेर गरेको कमाई भएको पैसा श्रीमतीले गन्छिन्। पाँच सय जति कमाई भएको दिन उनलाई लाग्छ, यही कामले जिविको चलाउन सकिन्छ। सन्तान हुर्कदै जाँदा खर्च पनि बढ्ने भएकाले घरपरिवार पाल्ने पिर सधैँ उनलाई भइरहन्छ।  

यतिबेला गाउँशहरतिर चुनावको रौन्क छ। दिलबहादुरले पनि ०५४ सालदेखी नियमित रुपमा चुनावमा भोट हाल्दै आएका छन्। मतदान गर्नु आफ्नो अधिकार र असल जनप्रतिनिधि चुन्नु कर्तव्य हो भन्ने उनलाई राम्रोसँग थाहा छ। भन्छन्, छन्, ‘आउँदै गरेको स्थानिय चुनावमा गाँउमा जान कसैले सहयोग गरे मतदान गरेर आउने मन छ। तर, अपाङ्ग भएका व्यक्तिहरुको हक र अधिकारको लागि सोच्ने प्रतिनिधिको कहाँ छन् र यहाँ !’ 

सेतो छडीमा हिँडेको देख्दा कसैले उनलाई धकेलेर पनि हिड्छन् तर उनको अनुभवमा धेरैलेचाँही सहयोग नै गरेका छन्।  दृष्टीविहिन भएका कारण खासै हेला र दुव्र्यबहार उनले महसुस गरेका छैनन्। उनी हाँस्दै भन्छन्, ‘नसुन्ने गरि त राजा–महाराजाकको त कुरा काट्छन्, म जस्तो आम मान्छेको के कुरा !’

गाँउमा अपाङ्गहरुका लागि सहज वातावरण मिलाइदिने संस्था खोल्नु उनको अर्को सपना हो। शारीरिक दुर्बलता हुँदैमा मानिस असक्षम हुँदैनन् भन्ने लाग्छ उनलाई। भन्छन् ‘राम्रो अवसर र सहयोग पाएमा चाहेको काम गर्न सकिन्छ। आँट र हिम्मत चाँही छाड्न हुँदैन।’

नयाँ प्रविधिको विकासले दिलबहादुरको जिवनमा पनि सहजता ल्याएको छ। अचेल बिहान उठ्नको लागि भाले बासेको आवाज सुन्नु पर्दैन। दृष्टीविहिनहरुको लागि बनेको घडी छामेरै उनी समय थाहा पाउन सक्छन्। मोबाइल पनि बोल्ने भएकाले सेभ गरेको नम्बरमा फोन गर्न, मिति हेर्न र एफ.एम सुन्नलाई सजिलो भएको छ। 

उनलाई तराजु पनि बोल्ने खालको आइदिए हुन्थ्यो भन्ने लागेको छ। अरुले तौल जोख्दा उनलाई पनि आफ्नो तौल थाहा पाउन मन लाग्छ। ‘अस्ति गाँउकै एकजना साथीलाई भेँटेको थिएँ, उसैलाई आफ्नो तौल हेर्न लगाएँ,’उनले भने, ‘तराजु पनि बोलेदेखि खाद्यान्न सामान बेच्नलाई समस्या हुने थिएन। व्यापार गर्न पनि सजिलो हुन्थ्यो।’ 

सेतो छडीमा हिँडेको देख्दा कसैले उनलाई धकेलेर पनि हिड्छन् तर उनको अनुभवमा धेरैलेचाँही सहयोग नै गरेका छन्।  दृष्टीविहिन भएका कारण खासै हेला र दुव्र्यबहार उनले महसुस गरेका छैनन्। उनी हाँस्दै भन्छन्, ‘नसुन्ने गरि त राजा–महाराजाकको त कुरा काट्छन्, म जस्तो आम मान्छेको के कुरा !’

बाल्यकालमा नै दृष्टि गुमाएपछि दिलबहादुरले पढ्न पाएनन्। तर, त्यो रहर आज छोराछोरीलाई पढाएर पुरा गर्दैछन्। ‘दुर्गम गाँउ भएको कारणले सामान्य बालबालिकाको लागि त पढ्ने अवसर पाउन गाह्रो थियो, झन् मजस्तो बालबालिकाले त विद्यालय टेक्न कसरी पाउनु,’ उनले भने, ‘अगरबत्ती कारखानामा काम गर्ने क्रममा एकजना इलाम घर भएको दुष्टीबिहिन बहिनीलाई भेटेको थिएँ। एक हप्ताजति उनले ब्रेनलिपीबाट लेख्न सिकाएकी थिइन् तर उनले काम छाडेपछि भेटघाट पनि भएको छैन।’ 

समय र अवसर पाए अझैपनि उनको पढ्ने रहर भने मरेको छैन। ‘मिल्यो भने त छोराछोरीसँगै पढ्थे नि म पनि,’ उनले हाँस्दै भने। 

प्रकाशित: Apr 12, 2022| 07:40 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।