आइतबार, मंसिर ७, २०८२

यी हुन् आईपीएलमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

क्रिकेटको दुनियाँमा आईपीएलको छुट्टै महत्व छ। संसारभरका क्रिकेटप्रेमीका लागि आईपीएल एउटा ठूलो चाडभन्दा कम हुँदैन।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– क्रिकेटको दुनियाँमा आईपीएलको छुट्टै महत्व छ। संसारभरका क्रिकेटप्रेमीका लागि आईपीएल एउटा ठूलो चाडभन्दा कम हुँदैन। क्रिकेट लिगमध्ये सबैभन्दा महँगो तथा उत्कृष्ट लिग हो आईपीएल। 

National life

यो प्रतियोताको सुरुवात सन् २००८ मा भारतमा भएको थियो। प्रत्येक वर्ष हुने यो प्रतियोगिताको १४औं संस्करण अहिले भारतमा जारी छ।

आईपीएलको १४ औं संस्करणसम्म आइपुग्दा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् विराट कोहली। भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका कोहली आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेल्छन्। 

पहिलो संस्करणदेखि नै आईपीएल खेलेका उनले पहिलो सिजनमा १६५ रन बनाएका थिए। कोहलीले २११ खेलमा ६ हजार ३८९ रन बनाएका छन्। 

दोस्रो नम्बरमा छन् शिखर धवन। उनले १९६ खेलमा ५ हजार ९११ रन बनाएका छन्। रोहित शर्माले २१७ खेलमा ५ हजार ६९१ रन, सुरेश रैनाले २०५ खेलमा ५ हजार ५२८ रन र डेभिड वार्नरले १५२ खेलमा ५ हजार ५१४ रन बनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 11, 2022| 18:25 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।