आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रिसाएर बच्चा फ्यानको मोबाइल फुटाइदिएका रोनाल्डोमाथि प्रहरीले थाल्यो अनुसन्धान

रिसाएर बच्चा फ्यानको मोबाइल फुटाइदिएका रोनाल्डोमाथि प्रहरीले थाल्यो अनुसन्धान

सुपरस्टार रोनाल्डोले गरेको दुर्व्यवारप्रति प्रहरीले अनुसन्धान सुरु गरेको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेट र एभर्टनबिच भएको खेलमा १–० को पराजय व्यहोरेको अवस्थामा खेल सकिएपछि निराश क्रिस्टियानो रोनाल्डोले रिस थाम्न नसक्दा एक बच्चा फ्यानको मोबाइल फोन फुटाइदिएका थिए।

National life

सुपरस्टार रोनाल्डोले गरेको दुर्व्यवारप्रति प्रहरीले अनुसन्धान सुरु गरेको छ। इंग्लिस मिडियाले यसको पुष्टि गरेका छन्।  स्थानीय मर्सिसाइड प्रहरीले रोनाल्डोमाथि औपचारिक रुपमा छानबिन अघि बढाएको छ।

रोनाल्डोले मोबाइल फुटाइदिएका बच्चा फ्यानको नाम ज्याक हार्डिङ रहेको खुलेको छ। रोनाल्डो मैदान छाडेर ड्रेसिङ रुमतर्फ जाँदै गर्दा टनेलमा पुगेपछि लाइनको साइडमा रहेका ती बच्चाले रोनाल्डोको चोटिलो खुट्टाको भिडियो खिचिरहेका थिए। सो घटनाको प्रत्यक्षदर्शीका अनुसार ती बच्चाले रोनाल्डोको मात्रै भिडियो खिचेका थिएनन्, उनले युनाइटेडका सबै खेलाडीहरुको भिडियो खिचिरहेका थिए तर अन्य खेलाडीले कुनै प्रतिक्रया जनाएका थिएनन्। तर रोनाल्डोले अचानक गरेको व्यवहारले बच्चा निराश भएका थिए।

रोनाल्डोले बच्चा फ्यानमथि गरेको व्यवहारलाई लिएर अफिसियल रुपमा नै छानबिन अघि बढिसकेको छ। त्यसका लागि प्रहरीले क्लब एभर्टनबाट टनेलको भिडियो फुटेज लिएर थप अनुसन्धान थालेको छ। पीडित बच्चाका पिताले आफ्ना छोराको फुटेको मोबाइलका टुक्रा र रोनाल्डोले मोबाइललाई हातले हिर्काउँदा बच्चाको हातमा समेत लागेर डाम बसेको हातको तस्विर प्रहरी समक्ष उपलब्ध गराएको रिपोर्टमा उल्लेख छ।  

रोनाल्डोले यस्तो हर्कत गरेको केही समयपछि उनले सामाजिक सञ्जालमा पोष्ट लेख्दै माफी समेत मागेका थिए। बालबालिकाप्रति रोनाल्डोले गरेको यस्तो खराब व्यवहार पहिलोपटक हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 11, 2022| 14:43 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।