बुधबार, चैत ४, २०८२

मिर्गौलाको पत्थरीबाट बच्न के गर्ने के नगर्ने?

शरीरको समग्र तन्दुरुस्तीका लागि सबै अंगले ठिकसँग काम गर्नुपर्छ। त्यसैले स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार खान सल्लाह दिइरहेका हुन्छन्।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- शरीरको समग्र तन्दुरुस्तीका लागि सबै अंगले ठिकसँग काम गर्नुपर्छ। त्यसैले स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार खान सल्लाह दिइरहेका हुन्छन्। 

National life

मिर्गौला शरीरको एउटा यस्तो महत्त्वपूर्ण अंग हो ख्याल गर्नु निकै जरुरी मानिन्छ। पछिल्लो दुई-तीन दशकमा गलत खानपान र जीवनशैलीका कारण मिर्गौलाका धेरै गम्भीर बिरामी बढेका छन्।

मिर्गौलाको पत्थरी एउटा यस्तो समस्या हो, जसको उपचार नगर्दा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

स्वास्थ्य विज्ञका अनुसार मिर्गौलामा पत्थरी हुनुको प्रमुख कारण खानपानमा गडबड प्रमुख रहेको छ। मिर्गौलाको पत्थरी खनिज र सोडियमबाट बनेका अवशेष हुन् जसलाई मिर्गौलाले फिल्टर गर्न सक्दैन र तिनीहरू जम्मा हुन्छन्। 

खानपान, तौल बढ्नु, निश्चित प्रकारका औषधि सेवन गर्नु र पानी कम पिउनुले यस प्रकारको समस्याको जोखिम बढी हुन्छ। साना ढुंगाहरू केही औषधिद्वारा पिसाबको साथ बाहिर निस्किन्छन्। यद्यपि ठूला ढुंगाहरू हटाउन शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। 

Laxmi sunrise bank
kumari

मिर्गौलामा पत्थरी हुनबाट जोगाउन के गर्न सकिन्छ?

स्वास्थ्य विज्ञका अनुसार मिर्गौलाको पत्थरीको समस्याबाट बच्न खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ। अक्सालेट पालक, चकलेट, चुकन्दर जस्ता चीजहरूमा पाइन्छ। 

बिना सोचेर यसको अत्यधिक सेवन गरेमा मिर्गौलामा पत्थरी हुने खतरा बढ्छ। मिर्गौलाको पत्थरीबाट बच्न अक्सालेट भएको चिजको सेवन कम गर्नुपर्छ।

प्रशस्त पानी पिउने

चिकित्सकका अनुसार कम पानी पिउने मानिसमा डिहाइड्रेसन हुनुका साथै मिर्गौलाको समस्या विशेषगरी पत्थरी हुने सम्भावना बढी हुने हुन्छ। कम पानी पिउनाले मिर्गौलालाई फोहोर फिल्टर गर्न गाह्रो हुन्छ। 

जसले मिर्गौलामा पत्थरी हुने खतरा बढाउँछ। प्रशस्त पानी पिउनाले शरीरमा रहेको युरिक एसिडलाई पातलो बनाउन मद्दत गर्छ। चिकित्सकका अनुसार हरेक दिन कम्तीमा ३ लिटर पानी पिउन पर्ने हुन्छ।

मासु खान कम गर्ने

शरीरमा युरिक एसिडको मात्रा बढ्न नदिने प्रयास गर्नुपर्छ। वनस्पतिमा आधारित प्रोटिनको तुलनामा पशुमा आधारित प्रोटिनले युरिक एसिडको स्तरमा उल्लेखनीय वृद्धि गराउन सक्छ। 

यसले मिर्गौलामा पत्थरी हुने खतरा बढाउँछ। रातो मासुको सेवन कम गर्नुहोस्। प्रोटिन प्राप्त गर्न सिमी, गेडागुडी, बदाम आदिको सेवन बढी लाभदायी मानिन्छ। शाकाहार स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ।

खानामा नुनको मात्रा कम राख्ने

नुनको अत्यधिक मात्राले रक्तचापको समस्या मात्र बढाउँदैन यसले मिर्गौलामा पत्थरी हुने खतरा पनि बढाउँछ। मिर्गौलाले सोडियम (नुन)को अतिरिक्त मात्रालाई राम्ररी फिल्टर गर्न सक्दैन। 

यस्तो अवस्थामा यो फोहोरको रूपमा जम्मा हुन्छ र पत्थरी हुन्छ। स्वास्थ्य राम्रो बनाउन खानामा सोडियमको मात्रा कम राख्ने प्रयास गर्नुहोस्।

अमर उजालाबाट

प्रकाशित: Apr 12, 2022| 06:13 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्