विस्केक- एएफसी फुटसल एसिया कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले ताजकिस्तानको सामना गर्दैछ। पहिलो खेलमा ५-१ को ठूलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जितको लक्ष्यका साथ ताजकिस्तानको सामना गर्न लागेको हो।
फिजिकल खेल्न माहिर ताजकिस्तानसँग नेपाली टिम प्रतिस्पर्धात्मक खेलको लक्ष्यका साथ मैदान उत्रन लागेको छ। टिम म्यानेजर विनोद गुरुङ र मूख्य प्रशिक्षक गौरब बस्नेत नेपाली टिमको मनोबल उच्च बनाउनका लागि प्रयास गरिरहेका छन्।
अब नेपालले अर्को चणमा प्रवेश गर्नका लागि एक जित अनिवार्य छ भने अर्को खेलमा बराबरी भए पनि दोस्रो चरणमा पुग्नका लागि पर्याप्त हुनेछ। त्यसैले प्रशिक्षक गौरवले खेलअघि नेपाललाई एक जित आवश्यक रहेका बताएका हुन्।
त्यसैले नेपालले आज जित वा बराबरीको लागि प्रयास गर्नेछ। कप्तान अनिसले पनि पहिलो दिनमा भएको गल्तीलाई सुधार गर्दै खेलमा अघि बढ्ने बताएका छन्।