आइतबार, मंसिर ७, २०८२

जुडोमा सञ्जित र मनिता उत्कृष्ट

उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- पुरुषर्फ सञ्जित डंगोल र महिलामा मनिता श्रेष्ठ अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिता समापनको अघिल्लो दिन शनिबार सञ्जितले ७३ केजीमुनि र मनिताले ५७ केजी मुनि स्वर्ण जितेका थिए। दुवै नेपाल प्रहरी क्लबका खेलाडी हुन्। प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए।

National life

उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका जुडोका पूर्वखेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे। 

उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए।

सोही अवसरमा अस्ट्रेलिया बसोवास गर्ने जुडो खेलाडी मोहन बमले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेता देवीका खड्का र पुनम श्रेष्ठलाई उपलब्ध गराएको नगद पुरस्कार पनि प्रदान गरिएको थियो। मोहनले जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित मार्फत नगद पुरस्कार उपलब्ध गारएका हुन्। उनले खेलाडीलाई समान १५ हजार नगद पुरस्कार हस्तान्तरण गरेका थिए। मोहनले प्रतियोगितामा महेन्द्रनगरबाट सहभागी खेलाडीलाई एकतर्फी भाडा स्वरुप ५ हजार रुपैयाँ पनि सहयोग गरेका थिए।

प्रतियोगिताको अन्तिम दिन ७ स्पर्धाको फाइनल भयो। पुरुष ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु पहिलो भए। उनले प्रहरीका मिलन खातीलाई पराजित गरे।

Laxmi sunrise bank
kumari

कैलालीका योगेन्द्र विष्ट र प्रहरीका मधु रोका मगर तेस्रो भए। ९० केजीमुनि प्रहरीका मनीष महतोले फाइनलमा आर्मीका कपिल सापकोटालाई हराउँदै पहिलो स्थान हात पारे।

पीजेडीका मुकेशकुमार ठाकुर र आर्मीका सुजन गुरुङ तेश्रो भए। १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका रमेश चन्दलाई पाखा लगाए।

पीजेडीका हिमांशु गुप्ता र बाँकेका निराजन क्षेत्री पौडेलले कास्य हात पारे। १०० केजीमाथि प्रहरीका राजन जोशीले फाइनलमा आर्मीका रन्जेश गोलेको चुनौती पन्छ्याउदै शीर्ष स्थानमा रहे। बाँकेका प्रनितजंग सिंह तेश्रो भए।

नयाँबजारको खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो, आर्मीकै सरिता श्रेष्ठ दोश्रो तथा प्रहरीकी निशा चौधरी र कास्कीकी निर्जला मल्ल तेश्रो भए। ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले स्वर्ण जितिन्।

फाइनलमा दीपाले आर्मीकी विनिता मगरलाई निराश पारिन्। आर्मीकै रचना श्रेष्ठ र बाँकेकी सम्झना चौधरी तेश्रो भए। ७८ केजीमाथि आर्मीकी आकृति जोशीले मकवानपुरकी अस्मिता गोलेको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन्।

दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Apr 10, 2022| 20:16 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।